२९ जुलाईः समथार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा २ अगस्तदेखि कृष्ण लखोटिया स्मृति इण्टर भिलेज गोल्ड कप फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। समथार जनमैदानमा हुने यस टुर्नामेण्टमा जम्मा २६ वटा टीमले हिस्सा लिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई गोल्ड कपको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ११ र १२ अगस्तमा खेलिनेछ। यसरी फाइनल १५ अगस्तमा हुने आयोजक समितिको पक्षमा शाहरुख तामाङले जानकारी दिएका छन्।