पुँछ: जम्मूको पुँछ जिल्लामा नियन्त्रण रेखा नजिक शनिबार बिहान बारूदको सुरूङ्गमा विस्फोट भयो, तर यसबाट कुनै प्रकारको क्षय-क्षति भएको सूचना छैन। जानकारीअनुसार दिगवार क्षेत्रको टेरवान गाउँमा खोखरी पोस्ट नजिक शनिबार भोर बिहान लगभग ४ बजे बारूदको सुरूङ्गमा विस्फोट भयो। विस्फोट पश्चात सेनाका जवानहरूले तत्काल सम्पूर्ण क्षेत्रमा खोजी गरे, तर केही हात लागेन। उल्लेखनीय छ, भारतीय सीमामा आतङ्कवादी अनुप्रवेशकारीमाथि रोक लगाउने उद्देश्यले अनुप्रवेशरोधी प्रणालीको रूपमा नियन्त्रण रेखाका अघिल्लो क्षेत्रहरूमा बारूदको सुरूङ्ग बिछ्याइएको छ। -हिस