गोर्खे चेली प्रियंका थापाले पास गरिन् एसएलईटी(स्लेट) परीक्षा

IMG-20230729-WA0113.jpg

कालिम्पोङ: दिलप्रसाद थापा र रत्न कला थापाकी छोरी श्रीमती प्रियंका थापाले नरबहादुर भण्डारी सरकारी महाविद्यालयबाट १९ मार्च २०२३ मा आयोजित राज्य स्तर योग्यता परीक्षा आयोग, असम अन्तर्गत स्लेट परीक्षा-२०२३ सफलतापूर्वक उत्तीर्ण गरिन्। उनले पहिले नै सहायक प्राध्यापकको लागि राज्य योग्यता परीक्षा (सेट) उत्तीर्ण गरी सकेकी छिन्। मार्च २०२३ मा पश्चिम बंगाल कलेज सेवा आयोग अन्तर्गत प्रोफेसर जुन परीक्षा ८ जनवरी २०२३ मा आयोजित भएको थियो।हाल उनी कालिम्पोङ पीटीटीआई (प्राथमिक शिक्षक प्रशिक्षण संस्थान) गेस्ट लेक्चररको रूपमा कार्यरत छिन्।

उनले सन् २०११ मा म्युनिसिपल गर्ल्स हाई स्कूल, दार्जिलिङबाट माध्यमिक परीक्षा उत्तीर्ण गरिन्। सन् २०१३ मा सेन्ट टेरेसा गर्ल्स हायर सेकेण्डरी स्कूलबाट एचएस पूरा गरेकी थिइन् भने सन् २०१६ मा साउथफिल्ड कलेज, दार्जिलिङबाट बीए एजुकेसन (अनर्स) मा स्नातक गरेकी थिइन्।उनले सन् २०१९ मा इग्नूबाट एमए एजुकेशन पूरा गरिन्। उनले सन् २०२१ मा दार्जिलिङ युनिभर्सल क्याम्पस, तकदाह, दार्जिलिङबाट द वेस्ट- बेङ्गल युनिभर्सिटी अफ टिचर्स ट्रेनिङ एजुकेशन प्लानिङ एण्ड एडमिनिस्ट्रेशन अन्तर्गत बीएड पनि पूरा गरेकी छिन्।

अहिले उनी पश्चिम बंगाल विश्वविद्यालय शिक्षक प्रशिक्षण शिक्षा योजना र प्रशासन अन्तर्गत इस्टर्न डुअर्स बीएड कलेज, अलीपुरद्वारबाट एमएड गरिरहेकी छिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement