कोलकाता: पश्चिम बंगालको राजधानी कोलकातालगायत राज्यका अन्य ठाउॅंहरूमा शनिबार पनि पानी पर्ने क्रम जारी रहनेछ। अलीपुरस्थित मौसम विभागको क्षेत्रीय मुख्यालयले शनिबार जारी गरेको बयानअनुसार, राजधानी कोलकातामा न्यूनतम तापक्रम २८.१ डिग्री सेल्सियस छ जुन सामान्य भन्दा एक डिग्री धेरै हो। अधिकतम तापक्रम ३२.५ डिग्री सेल्सियस छ। बिहान ३ बजेसम्म कोलकातामा ३.८ मिलीमिटर पानी रेकर्ड गरिएको छ। कोलकातालगायत हावड़ा, हुगली, उत्तर र दक्षिण २४ परगना, पूर्व र पश्चिम मेदिनीपुर, पुरुलिया, बांकुड़ा तथा दक्षिण बंगालको विस्तृत क्षेत्रमा दिनभरि रोकिॅंदै पानी परिरहनेछ। उत्तर बंगालको अलीपुरद्वार, कूचबिहार, जलपाइगढी, दार्जीलिङ र कालेबुङमा पनि पानी परिरहने छ। आइतबारसम्म मौसम यस्तै रहनेछ। -हिस