पश्चिम सिक्किममा एसडीएफको क्षेत्रस्तरीय सभा

IMG-20230728-WA0310.jpg

गान्तोक: पश्चिम सिक्किममा एसडीएफ पार्टीको समष्टिस्तरीय सभा निरन्तर रूपमा भइरहेको छ। पश्चिम सिक्किमको सोरेङ जिल्ला अन्तर्गत जूम सालघारी निर्वाचन क्षेत्रको सिङ्गेङ गाउँमा वरिष्ठ उपाध्यक्ष एवम् पूर्व विधायक वेगबहादुर राईको अध्यक्षतामा सभा सम्पन्न भयो। सभामा पार्टीकी उपाध्यक्ष एवम् पूर्व मन्त्री निरु सेवा, पूर्व विधायक मणिता मगर, पार्टीका पदाधिकारीगणलगायत स्थानीय जनताले उपस्थित जनाएका थिए। सभामा रुबेन सुब्बा, विनोद राई, सञ्जीत राई, जेक किराँत र ज्ञानु राईले वर्तमान समयमा युवाहरूले झेल्न परिरहेको परिस्थितिलाई प्रकाश पार्दै एसडीएफ पार्टी र नेता पवन चामलिङको नेतृत्व सिक्किमेली युवाहरूका निम्ति महत्त्वपूर्ण रहेको विचार साझा गरे। यसरी नै सभामा जूम वार्डका पञ्चायत अगमसिंह राईले सम्बोधन गर्दै एसकेएम सरकारमा पञ्चायतहरू निष्क्रीय बनेर जनताका काम गर्न असमर्थ बनेको सत्यता उदाङ्गो पारे। यसरीनै सभामा एसडीएफ पार्टीका दक्षिण-पश्चिम जिल्लाका उपाध्यक्ष-प्रभारी जेबी दर्नालले जूम-सालघारीका जनताले परिवर्तन सरकारमा झेलिरहेको समस्या प्रकाश गर्दै एसकेएम सरकार ग्रामीण जनताको आधरभूत आवश्यक्तालाई सम्बोधन गर्न विफल बनेको बताए। यसरीनै दर्नालले एसडीएफ सरकारले गरेको जनमुखी कार्ययोजनाहरू आवगत गराउँदै एसकेएम सरकार तानाशाही सरकार हो, भने। वरिष्ठ उपाध्यक्ष निरु सेवाले पार्टीले पारित गरेको महत्त्वपुर्ण प्रस्तावहरूबारे प्रकाश पारिन्। यसरी नै पार्टीकी उपाध्यक्ष मणिता मगरले एसडीएफ सरकारमा नारी जातिले प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरूलाई स्मरण गराइन्। सिक्किमको नारी सशक्तिकरणमाथि शोध गर्न परे पवन चामलिङको नेतृत्वमा भएको नारीमुखी उपलब्धिहरूलाई नलिए शोध पूर्ण हुनेछैन। मगरले भनिन्। एसडीएफ सरकारकाल सिक्किमेली नारीहरूका लागि स्वर्णीम काल हो, उनले भनिन्। एसकेएम सरकारले नारीको हक र हितका निम्ति काम गर्न नसकेको आवगत गराउँदै उनले २०२४ मा एसडीएफ सरकार बनाउन आवश्यक भएको बताइन्। अध्यक्षीय सम्बोधनमा वेगबहादुर राईले एसकेएम सरकार आएपछि सिक्किम र सिक्किमेली जनताको हक,अधिकार र अस्तित्व मेटिएकोले सबै जनता सचेत बन्नु पर्ने बताए। यसै क्रममा उनले एनआरसी, सीएए, ओएनआरसीजस्ता केन्द्रीय कानुनहरू भित्र्याएर एसकेएम सरकारले सिक्किमेली जनताको अधिकार मासिदिएको बताए। वित्त कानुन २०२३ ले सिक्किमिज परिभाषा परिवर्तन गरेको छ, यसको जिम्मेवार गोले सरकार रहेको उनले ठोकुवा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement