प्रतिबन्धित कफ सिरप सहित दुई जना पक्राउ

IMG-20230528-WA0320-5-300x172-11

सिलगढी: एसओजी र प्रधान नगर थाना पुलिसले संयुक्त अभियान चलाएर प्रतिबन्धित कफ सिरप सहित २ जना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक प्रधान नगर थाना अन्तर्गत इलाका निवासी शिलाजीत दत्त र पलास महतोको रूपमा सामेल छन्। प्राप्त जानकारी अनुसार आज अपरान्ह शिलाजीत दत्त साथीसित स्कुटीको डिक्कीमा प्रतिबन्धित कफ सिरप लुकाएर जक्शन एसजेडीए मार्केट संलग्न एनबीएसटीसी बस स्ट्यान्डको २ नम्बर गेट नजिक बिक्री गर्ने उद्देश्यले पुगेका थिए। गोप्य सूचनाको आधारमा एसओजी र प्रधान नगर थाना पुलिस पुलिसले संयुक्त अभियान चलाएर स्कुटीको छानबीन गर्दा स्कुटीको डिक्कीबाट २९ बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेको बताइएको छ यसपछि पुलिस दुई जना युवकलाई पक्राउ गरेपछि भोलि शनिबार सिलगढी अदालतमा पेश गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement