कोलकाता: लामो समयदेखि बिरामी परेका ४५ वर्षीय पुरुषले विष सेवन गरेर आत्महत्या गरेका छन्। आफ्नो घरमा कोही नभएको बेला उनले विषपान गरेर घटनालाई अन्जाम दिएको बताइएको छ। यो घटनामा मृतकको नाम तरुण रोय हो। उनी पूर्वी बर्दवान जिल्लाको जे निमलपुर थाना क्षेत्रको हाटी क्षेत्रका बासिन्दा थिए। उनको बर्दवान मेडिकल कलेज अस्पतालमा उपचारको क्रममा हिजो मृत्यु भएको हो। पोष्टमार्टमपछि उनको मृतदेह शुक्रबार आफन्तलाई दिइएको छ।