शिक्षिका प्रिसिला गुरुङ भारत स्काउण्ट एण्ड गाइडको मेडल अफ् मेरिट पुरस्कारले सम्मानित

sam1-768x818.jpg

खरसाङ: खरसाङको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रिसिला गुरुङ भारत स्काउण्ट एण्ड गाइडको मेडल अफ मेरिट पुरस्कारले सम्मानित भएकी छन्। भारत स्काउण्ट एण्ड गाइडको आयोजनामा सम्पन्न समारोहमा स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयकी शिक्षिका प्रिसिला गुरूङ मेडल अफ् मेरिट पुरस्कारले सम्मानित बनेकी हुन्। धेरै वर्ष अघिदेखि स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयको भारत स्काउण्ट एण्ड गाइडलाई सन् १९९४ देखि तिनले पहल गर्दै आइरहेकी छन्। यस गौरवमय कार्यको लागि विद्यालय पक्षबाट उनलाई हार्दिक बधाई दिएको छ।

शिक्षिका प्रिसिला गुरुङको भारत स्काउण्ट एण्ड गाइडप्रतिको योगदान सराहनीय छ। उनको निष्ठापूर्वक सेवा र निःस्वार्थ कार्यको लागि विद्यालय साथै विद्यालयकी प्रधान अध्यापिका, शिक्षिकागण, कर्मचारीवर्ग साथै विद्यार्थीवर्ग सबै नै हर्षित बनेको स्कट मिशन कन्या उच्च माध्यमिक विद्यालयको पक्षबाट खुशी व्यक्त गरिएको छ।

About Author

Advertisement