खरसाङ: मणिपुरमा प्राकृतिक प्रकोपमा परेर ज्यान गुमाउने भारतीय सेनाका जवानहरूलाई श्रद्धाञ्जली अर्पण गर्न यहाँका विभिन्न स्थानहरूमा विभिन्न राजनीति दल, संघ-संस्था तथा व्यक्ति विशेषले मोमबत्ती जलाइरहेका छन्। यसै क्रम हिजो साँझ पंखाबारीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, पंखाबारी ब्लकको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी शहीदहरूको स्मरणमा उनीहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मोमबत्ती जलाइयो। यसबारे पार्टी प्रतिनिधि कल्याण लामाले जानकारी गराएका छन्। त्यसरी नै गाड़ीधुरामा पनि शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै मोमबत्ती जलाइयो। कार्यक्रमअनुसार हिज साँझ गाड़ीधुरावासीद्वारा यहाँको शहीद दुर्गा मल्ल चोकदेखि मोमबत्ती बोकेर बजारको परिक्रमा गरी दुर्गा मल्ल शालिगसम्म पुगेर शोक सभामा परिणत भयो। उक्त स्थानमा भेला भएका सबैजनाले शहीदहरूको नाममा मोमबत्ती बालेर एक मिनटको मौन धारण गरे। यस दुःखद् घड़ीमा समस्त गाड़ीधुराको पक्षवाट बज्रपात परेका परिवार पक्षलाई सम्वेदना प्रकट गर्दै ईश्वरले सहन गर्ने शक्ति प्रदान गरुन भनि कामना गरिएको जानकारी अनुप रामुदामुले दिएका छन्।










