राष्ट्रिय शिक्षा नीति एनईपी २०२० -को तेस्रो वर्षगाँठमा पत्रकार सम्मेलन

ed9535e9-3d01-4a55-bbe5-ea42c526aa9e

कालचिनीः डुवर्सको कालचिनी खण्डको हाँसीमारा वायुसेना छाउनी संलग्न केन्द्रिय विद्यालयमा शुक्रबार राष्ट्रिय शिक्षा नीति एनईपी २०२० लागू भएको तेस्रो वर्षगाँठको उपलक्ष्यमा नोडल स्कूल केन्द्रिय विद्यालयको पक्षबाट पत्रकार सम्मेलनको आयोजना गरियो। पत्रकार सम्मेलनमा हाँसीमारा केन्द्रिय विद्यालयका प्रिन्सिपल अस्लम जावेद लगायत स्कूलका प्रधानाध्यापक आरके झन्कार अनि नवोदय विद्यालय बाराबिसा अलिपुरद्वारका प्रिन्सिपल इन्चार्ज देवेन्द्र कुमार तिवारीको प्रमुख उपस्थिति थियो।

राष्ट्रिय शिक्षा नीति एनईपी २०२० लागू भएयता विद्यार्थीहरूलाई नयाँ पद्धतिमा शिक्षा, शिक्षकहरूलाई प्रशिक्षणको व्यवस्था अनि पीटीएम मार्फत् अभिभावकहरूसित वार्ता तथा सुझाउले अग्रगति लिएको प्रिन्सिपल जावेदले बताए। यसैगरी, जवाहर नवोदय विद्यालय बाराबिसाका प्रिन्सिपल इन्चार्ज देवेन्द्र कुमार तिवारीले एनईपी अन्तर्गत शिक्षा व्यवस्थाले छात्राहरूको शिक्षा पद्धतिमा विकास भएको बताए। यसअघि हाँसीमारा केन्द्रिय विद्यालयका परिसरमा विद्यालयका प्रिन्सिपल अस्लम जावेद लगायत जेएनभीका प्रिन्सिपल इन्चार्ज देवेन्द्र कुमार तिवारी साथै अन्य शिक्षकहरूले वृक्षरोपण गरेका थिए। पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हाँसीमारा केन्द्रिय विद्यालयका प्रिन्सिपल अस्लम जावेदले राष्ट्रिय शिक्षा नीति अर्थात एनईपी २०२० लागु भएको तेस्रो बर्षपूर्ति चलिरहेको र यसबीच शुरुमा कोरोनाकालमा अप्ठ्यारो परिस्थितिबीच पनि अनलाइन कक्षा मार्फत विद्यार्थी र अभिावकहरूसित जोड़िएर विद्यार्थीहरूको शैक्षिक स्तरलाई ह्वास हुन नदिएको र यस नीति अन्तर्गत निष्ठा कार्यक्रम अधीन शिक्षकहरूले पनि प्रशिक्षण लिँदै सिखन पद्धतिलाई लागु गरेको र विभिन्न स्कूलहरूसित भेटेर आदान प्रदानको काम सम्पन्न गरिएको बताए।
राष्ट्रिय शिक्षा नीति एनईपी २०२० को सबैभन्दा प्रशंसनीय‌ पहलमा अर्ली चाइल्डहुड केयर एजुकेशन सिस्टम अन्तर्गत ३ सालको उमेरदेखि नै बाल वाटिका कक्षामा बच्चाहरूलाई भर्ना गरीने प्रावधान रहेको र क्रमैले ३ साल पछि कक्षा १ मा बच्चालाई भर्ना गर्दा आधारभूत विकास हुने बताए। पत्रकार सम्मेलनमा उपस्थित जवाहर नवोदय विद्यालय बाराबिसा अलिपुरद्वारका प्रिन्सिपल इन्चार्ज देवेन्द्र कुमार तिवारीले बहुभाषिकतालाई समेटेर शैक्षणिक आदान प्रदान साथै विज्ञान, प्राविधि, इन्जिनियरिङ् र गणितमा अब्बल बनाउन राष्ट्रिय शिक्षा नीति एनईपी २०२० सक्षम रहेकोले यसलाई कार्यान्वयन गर्न जेएनभी लागि परेको र उपलब्धी पनि पाईरहेको जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement