संयुक्त राष्ट्रद्वारा हमलाको निन्दा
त्रिपोली: लिबियाका लागि संयुक्त राष्ट्र संघका एक वरिष्ठ अधिकारीले शनिबार देशको पूर्वमा संसदको मुख्यालयमा प्रदर्शनकारीहरूले गरेको आक्रमणको निन्दा गरे। राजनीतिक वर्ग र बिग्रँदै गएको आर्थिक अवस्थाको विरुद्धमा विगतमा धेरै सहरमा विरोध प्रदर्शन भएका छन्। राजधानी त्रिपोली र लिबियाका अन्य शहरहरूमा शुक्रबार सयौं प्रदर्शनकारीहरूले सडकमा जुलुस निकाले, जसमा पूर्वी शहर टोब्रुकको प्रतिनिधि सभा (संसद) लगायत सरकारी भवनहरूमा आक्रमण र आगो लगाइदिए।
लिबियाका लागि संयुक्त राष्ट्र संघको विशेष सल्लाहकार स्टेफनी विलियम्सले ट्वीटरमा भने, ‘शान्तिपूर्ण रूपमा विरोध गर्ने जनताको अधिकारको सम्मान र संरक्षण हुनुपर्दछ, तर हिजो राति टोब्रुकमा प्रतिनिधि सभाको मुख्यालयमा भएको आक्रमण जस्ता दंगा र तोडफोडका कार्यहरू भयो। पूर्ण रूपमा अस्वीकार्य छl’ संयुक्त राष्ट्रका महासचिवले १ जुलाईमा लिबियाका त्रिपोली, तोब्रुक र बेनगाजीलगायत शहरमा भएको प्रदर्शनप्रति चिन्ता व्यक्त गरेका छन्। शान्तिपूर्ण आन्दोलनको अधिकारलाई मान्यता दिँदै उनले हिंसात्मक गतिविधिबाट अलग रहन र सुरक्षा निकायबाट पूर्ण संयम अपनाउन सबै आन्दोलनकारीलाई आह्वान गरे। संयुक्त राष्ट्रका प्रवक्ता स्टेफेन डुजारिकले भने, ‘संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले सबै प्रदर्शनकारीहरूलाई ‘हिंसाबाट टाढा रहन र सुरक्षा बलहरूबाट अत्यन्त संयम अपनाउन’ आह्वान गरेका छन्।
दुजारिकले भने, ‘महासचिवले लिबियाका सबै नागरिकलाई निरन्तर चलिरहेको राजनैतिक गतिरोधलाई हटाउन एकसाथ् आउने आग्रह गरेl जसले गर्दा विभाजन गहिरिन्दै गैरहेको छ अनि देशको अर्थव्यवस्थामा नकारात्मक असर परिरहेको छl’ अल-वासतका अनुसार शुक्रबार देशका अन्य शहरहरूमा पनि प्रदर्शनहरू भएका थिए। राजधानी त्रिपोलीको मुख्य चोकमा सयौं मानिसहरू भेला भएका थिए र सशस्त्र मिलिसियाहरू विरुद्ध प्रदर्शन गर्न, राम्रो बिजुली आपूर्ति र रोटीको लागि कम मूल्यको माग गर्दै थिए।










