जलपाइगढी: राज्यका अन्य जिल्लाहरू जस्तै जलपाइगढी जिल्लामा पनि डेंगुका बिरामीहरूको संख्या बढ्दै गइरहेको छ। पछिल्लो समयको तुलनामा यसपटक डेंगुका बिरामीको सङ्ख्या नियन्त्रणमा आएको स्वास्थ्य विभागको दाबी छ। सहर बाहेक गाउँमा डेंगु फैलिन नदिन जलपाइगढी सदर ब्लकमा मत्स्य विभागले ७३ हजार गप्पी माछा वितरण गरेको छ। ब्लक मत्स्य अधिकारीले शुक्रबार जलपाइगढी बीडीओ कार्यालयबाट यी माछाका बच्चाहरूलाई गाउँका स्रोत व्यक्तिहरूलाई हस्तान्तरण गरे। गाउँका जलाधारमा गप्पी माछा छाडिएको छ।

गप्पी माछाले लामखुट्टेको लार्भा खाएर डेंगु नियन्त्रण गर्ने मत्स्य अधिकृत कौशिक मैतीले बताए। हामीले आज जलपाइगढी सदर ब्लकमा ७३ हजार गप्पी माछा गाँउ स्रोत व्यक्तिहरू मार्फत वितरण गरेका छौं। आज गप्पी माछा पाएको गाउँका स्रोत व्यक्ति सुमित्रा राईले बताइन्। हामी यी माछाहरूलाई हाम्रो लागि तोकिएको जलाशयहरूमा छोड्नेछौं। जिल्ला प्रमुख स्वास्थ्य अधिकृत डा असिम हल्दारले पछिल्लो पटकको तुलनामा यसपटक डेंगु नियन्त्रणमा आएको बताए। जिल्लामा जनवरीदेखि साउन २७ सम्म डेङ्गुका कूल सङ्ख्या ५२ पुगेको छ। हाल त्यहाँ ३ सक्रिय केसहरू छन्। कुनै मृत्यु छैन।