सीएबी-बाट एनओसी पाए रिद्धिमान साहाले

IMG-20220703-WA0107.jpg

३ जुलाईः भारतीय क्रिकेट टीमबाट बाहिर रहने सिलगढ़ीका रिद्धिमान साहालाई शनिवार बंगाल क्रिकेट एसोसिएशन (सीएबी)-ले ओनओसी (अनापत्ति पत्र) दियो। यसको साथमा उनको सीएबी-सँग १५ सालको सम्बन्ध तीतो अनुभवको साथ समाप्त भयो। राष्ट्रिय टीममा अझ एकजना अधिक उमेरका विकेटकीपर आवश्यकता छैन भनेर भारतीय टीम म्यानेजमेण्टले ४० टेस्ट म्याचको अनुभव भएका साहालाई बाहिर गरेको थियो। त्यसपछि साहाले बीसीसीआई अध्यक्ष सौरभ गाङ्गुलीको आलोचना शुरु गरेका थिए। शुरुवातमा उनले मुख्य प्रशिक्षक राहुल द्रविड़बारे पनि यस्तै बयान दिएका थिए। सीएबी-ले बताएअनुसार, रिद्धिमान सीएबी कार्यालय आए अनि अध्यक्ष अभिषेक डालमियालाई एउटा पत्र सुम्पिएर एनओसी मागे। यसैकारण सीएबी-ले पनि साहाको अनुरोधमा उनलाई अन्य राज्यबाट खेल्नको निम्ति एनओसी प्रदान गऱ्यो। सीएबी-ले उनलाई भविष्यको निम्ति शुभकामना पनि दियो। सीएबी-का संयुक्त सचिव देवब्रत दासले रिद्धिमानमाथि अनुभवी विकेटकीपरले राज्यको निम्ति घरेलु म्याचहरू नखेल्ने बहाना बनाउने गर्थे भनी आरोप लगाएका थिए। यसमाथि रिसाएर रिद्धिमानले दासलाई बिना शर्त माफी माग्नु भनेका थिए, जुन उनले गरेनन्।
एनओसी पाएपछि साहाले उनलाई सीएबी-ले आफ्नो फसेलामाथि पुनर्विचार गर्नु भनेको थियो भनी बताए। रिद्धिमानले भने, मलाई आफ्नो फसेलामाथि पुनर्विचार गर्नु भनिएको थियो तर मैले अगावै फसेला लिइसकेको थिएँ। बंगालसँग मलाई कुनै समस्या छैन। न पहिला थियो न अहिले नै छ। भविष्यमा आवश्यकता परे सेवा प्रदान गर्न तयार छु। मलाई सीएबी-सँग पनि अहंकार सम्बन्धित कुनै मुद्दा छैन। मलाई केवल कुनै एकजना (संयुक्त सचिव)-सँग असहमति थियो अनि मैले यस्तो फसेला लिनु पऱ्यो।

About Author

Advertisement