पैह्रोमा परी घाइते भएका उपचाराधीन सैनिकहरूलाई भेट गर्न पुगे सांसद राजु बिष्ट

IMG_20220702_210641

सिलगढी: मणिपुरमा गएको भीषण पैह्रोमा परेर घाइते भएका सैनिकहरुलाई सांसद राजु बिष्टले भेट गरेका छन्l उनले उपचाराधीन रहेका सैनिकहरुलाई मन्त्री पोखरी सेना अस्पताल र लेमाखोङ सैनिक अस्पताल गैर उनीहरूको स्वास्थ्योपचारबारे जानकारी लिएको उनले बताएका छन्l सांसद राजु बिष्टसित मणिपुरका राज्यसभा सांसद महाराज लेशेम्बा सानाजाओबा पनि साथमा थिए। मन्त्री पोखरी सेना अस्पतालमा ७ जना सैनिक अनि लेमाखोङ सैनिक अस्पतालमा एकजना सैनिकको स्वास्थ्योपचार भइरहेको संसाद राजु बिष्टले विज्ञप्ति जारी गरेर बताएका छन्।

‘उनीहरू सबैजना सकुशल छन् र स्वास्थ्यलाभ गरिरहेका छन् भन्ने खबर दिन पाउँदा मलाई खुशी लागिरहेको छ। घरबाट टाढ़ा कुनै परिचितको अनुहार देख्न पाउनु र चिनेको आवाज सुन्न पाउनाले धेरै ठूलो सान्त्वना मिल्दछ। तसर्थ, स्वास्थ्योपचारअन्तर्गत रहेका हाम्रा सबै जवानहरूलाई भेटेर ढाढ़स दिएँ अनि उनीहरूका परिवारजनसँग पनि फोनद्वारा मिरिक, सुकना, पोख्रेबुङ, दार्जीलिङ, सिक्किम, तथा असममा कुराकानी गरेर उपचाराधीन जवानहरूको कुशलक्षेम प्रति आश्वस्त गराएँ’, उनले विज्ञप्ति यसरी बताएका छन्। सबै सैनिकहरूको शीघ्र स्वास्थ्यलाभ निम्ति प्रार्थना गर्न उनले अनुरोध गरेका छन्। उनले भने, ‘खोजी एवं बचाउ अभियान अझ पनि चलिरहेकै छ र अरू झण्डै १५ जवानको पत्ता लगाउने कार्य भइरहेको छ।

बचाउ प्रयासहरूको निरीक्षण गर्न ग्राउण्ड ग्राउन्ड जीरो नोनी तर्फ जाँदैछुl’ मणिपुरका मुख्यमन्त्री एम. बिरेनसिंहको नेतृत्वमा भारतीय सेना, भारतीय रेल, एनडीआरएफ सबै मिलेर खोजी अभियानमा थप ठूला टीम र उपकरणहरू प्रयोग गरेर अनि बचाएर निकालिएका जवानहरूको शीघ्र स्वास्थ्यलाभ सुनिश्चित गर्न सरकारले कुनै कसर बाँकी राखेको छैन भन्ने उनले बताएका छन्। ‘यस्तो कठिन घड़ीमा हामी हाम्रा जवानहरूको परिवारका साथमा छौँ,’ उनले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement