२८ जुलाईः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजन गरिने ७७औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको क्रीड़ासूची (फिक्स्चर) जारी गरियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा हुने यस नाइन ए साइड टुर्नामेण्टमा जम्मा २४ वटा शीर्ष टीमले अंशग्रहण गर्नेछ। आउँदो ३१ जुलाईदेखि शुरु हुने यस टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ । यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ४ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जेभीसी सिंगताम च्याम्पियन भएको थियो।