विम्बल्डनः नडाल पुरुष एकलको चौथो राउण्डमा

photocollage_202273121424637.jpg

३ जुलाईः रेकर्ड २२ पल्टका मेजर च्याम्पियन स्पेनका रफायल नडालले शनिवार विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको चौथो राउण्डमा प्रवेश गरे। नडालले तेस्रो राउण्डमा २७औं नम्बरका खेलाड़ी लोरेञ्जो सोनेगो विरुद्ध ६-१, ६-२, ६-४-ले जीत दर्ता गरे। चौथो राउण्डमा उनको सामना २१औं नम्बरका खेलाड़ी बोटिक वान डि जाण्डशुल्पसँग हुनेछ। यसरी नै निक किर्गियोस र चौथो वरीयता प्राप्त स्टेफानो सितसिपासबीचको तेस्रो राउण्डको म्याच निक्कै रोमाञ्चक र तनाउपूर्ण रह्यो। यसमा गैर वरीयता प्राप्त अष्ट्रेलियाई खेलाड़ीले ६-७, ६-४, ६-३, ७-६-ले जीत हासिल गरे अनि अब चौथो राउण्डमा ब्रेण्डन नाकाशिमा विरुद्ध खेल्नेछन्। किर्गियोसमाथि पहिलो राउण्डपछि एकजना दर्शकलाई हेरेर थुकेको मामिलामा जरिमाना लगाइएको थियो। उनी २०१६ पछि पहिलोपल्ट अल ईंग्ल्याण्ड क्लबको चौथो राउण्डमा पुगेका छन्। गत वर्ष फ्रेञ्च ओपनमा उपविजेता रहने ग्रीसका खेलाड़ी सितसिपासले म्याचपछि किर्गियोसको बर्तावको आलोचना पनि गरे।

About Author

Advertisement