शहीद दिवसको अवसरमा रक्तदान गरे माइपाते थापसाङ संस्थाका सदस्यगणले

Screenshot_20230728_104522_WhatsApp.jpg

पाबुङ: २७ जुलाई गोर्खा शहीद दिवस हो। शहीद दिवसको अवसरमा वीर शहीदहरूलाई भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै माइपाते “थापसङ गैर-सरकारी संस्था” को अगुवाईमा पाबुङ बस्तीको रक्तदान शिविरमा सदस्य सदस्यागणले गएर रक्तदान गरे। मोठ (१४) चौध जनाले सहभागिता जनाएका समूहमा क्रमैले बबिता राई, रंञ्जना राई, शर्मिला सुब्बा, लाक्पा अङमु शेर्पा, हेमन्त राई, सपन राई, बिपन सुब्बा, कमल गिरी अनी बिकाश राईले रक्तदान गरे। लामो यात्राको कारण अन्य दाताहरूको रक्तचाप बडी भएको हुनाले उनीहरुले रक्तदान गर्न सकेन। आजको आयोजक, ब्लड बैंक कालिम्पोङ अस्पताल, रेड क्रस सोसाइटीज, माइपाते फर्मस क्लब अनि राजेश राईलाई सम्पूर्ण माइपाते गाऊँको तर्फबाट “थापसङ गैर-सरकारी संस्था” ह्रदयबाट धन्यवाद टक्राँउदछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement