कालेबुङ क्षेत्रमा गोरामुमोद्वारा शहीद दिवस पालन

IMG-20230727-WA0319.jpg

कालेबुङ: गोर्खा राष्ट्रिय कालेबुङ कार्यकारिणी समितिद्वारा शहीद दिवस पालन गरेका छन्। कालेबुङ शहीद पार्कमा दीप प्रज्वलन गरी फुटूलमाला अनि खदा अर्पण गरेर शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेको सचिव लोप्साङ लामाले जानकारी दिएका छन्। यसै क्रममा कालेबुङ 24 नम्बर समष्टिद्वारा शहीद दिवस पालन गरेको समष्टि अध्यक्ष दिनेस भुजेलले जानकारी दिएका छन्। समथार शेर्पा गुम्बामा पुजा आर्चना गरी एक सय आठ बत्ती बालेर वीर शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेको उनले जानकारी गराउँदै भने, गोरायुमो कालेबुङ ब्राञ्च कमिटीका अध्यक्ष बुद्ध तामाङको प्रमुख उपस्थितिमा समष्टिका नौवटा ग्राम पञ्चायतका कन्भेनर, भ्रातृ संगठनका सम्पूर्ण प्रतिनिधिवर्ग लगायत कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको उनले जानकारी गराएका छन्। विगतका दिनहरूमा शहीद दिवस विभिन्न प्रकारले मनाउने गरिन्थ्यो तर यस पाली हामीले शहीदहरुको आत्मा शान्तिको निम्ति पुजा आर्चना गरि पालन गरेका छौं। शहीदहरुको सपना अब साकार हुनुपर्छ। सम्पूर्ण गोर्खा जातिले न्याय पाएको हुनुपर्छ।

केन्द्र सरकारले अब गोर्खा जातिलाई चाडैंनै न्याय दिनु पर्छ यसैकै निम्ति हामीले जिताएर पठाएका हौं। गोरामुमो अध्यक्ष मन घिसिङले बौद्धिक लडाई लड्दैछ। गोर्खा जातिको निम्ति हामी अवश्य नै सफल हुनेछौ भनी दिनेस भुजेलले जनाएका छन्। यसै क्रममा कालेबुङका विभिन्न समष्टिहरुमा गोरामुमोले शहीद दिवस पालन गरेको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement