विधायक निरज जिम्बाद्वारा शहीदहरुलाई श्रद्धाञ्जली अर्पण

IMG-20230727-WA0316.jpg

के दिन्छ के हुन्छ म भन्दिन तर बंगाल चाहिँ टुक्रिन्छ: विधायक जिम्बा

खरसाङ: दार्जीलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाद्वारा आज शहीद दिवस पालन गर्दै खरसाङको पंखाबारी गिद्दे पहाड समष्टि अन्तर्गत लङ्भ्यु शहीद वेदीमा फूलमाला अनि खदा चढ़ाएर शहीदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।यसावधि विधायक जिम्बाद्वारा आफ्नो सम्बोधन राख्दै भने, आज २७ जुलाई एउटा गोर्खाहरुको महत्वपूर्ण दिन हो। गोर्खाल्याण्डको निम्ति धेरै आन्दोलनहरु भए पनि १९८६ सालमा सुवास घिसिङले प्रथमपल्ट गोर्खाल्याण्ड नामकरण गरेर आन्दोलनको शुरुआत गरेका थिए। गोर्खाहरुले आफ्नै नाँच्ने आँगन। कोठेबारी खोज्दा बंगाल सरकारले गोली ठोक्यो। त्यस बेला केन्द्र सरकारले पनि हेरेको हो र त्यस बेला केन्द्रमा काङ्ग्रेस सरकार थियो। २०१७ को आन्दोलनमा पनि केन्द्र सरकार प्रत्यक्षदर्शी हो त्यस बेला केन्द्रमा बिजेपी सरकार थियो। बिजेपी सरकार पनि दायी हो उनीहरु मुखदर्शी भएर बस्यो।’
विधायक जिम्बाले अघि भने, भारत स्वतन्त्र भएपछि पनि आज गोर्खाहरु बंगालको कोलोनीमा छौं पिञ्जारामा छौं। कुकि जाग्दा के भयो प्रधानमन्त्री आफ्नो विदेश यात्रा छोडेर आउनु पर्‍यो। हामीले न्याय पाएका छैनौं। अब गोर्खालाई न्याय दिने समय आएको छ। गोर्खा जाति जाग्यो भने अफ्ठ्यारो पर्छ। गोर्खाहरु राष्ट्र प्रेमी हो। जय हिन्दको नारा लगाउँछौं। त्यसपछि जय गोर्खाको नारा लगाउँछौं। हाम्रो नेतृत्ववर्गले पार्टीभन्दा जाति ठूलो जातिभन्दा माटो ठूलो भन्ने सिकायो। तर त्यो माटो गोर्खाल्याण्डको मात्र माटो नभएर भारत देशको माटो हो।यसकारण अब देशले पनि अब हामीलाई सम्मान गर्ने बेला आएको छ। भारत सरकारलाई मेरो चेतावनी हो बीजेपी सरकारलाई पनि मेरो चेतावनी हो म बिजेपीको विधायक भएर पनि भन्दैछु हामीले बाटोको निम्ति जिताएर पठाएको होइन। हाम्रो मांग र लडाई भनेको माटोको उन्मुक्ति हो र दिल्लीबाट पनि राम्रै गन्ध आउँदैछ। काम हुँदैछ। दिल्लीमा के हुँदैछ। त्यो म अहिले भन्नु सक्दिन। किनभने यहाँ धेरै डाकुहरु छ। योभन्दा अघि पनि गोर्खाहरुको भाग्य कोर्न लाग्दा डाकुहरु लागेको हो। के दिन्छ के हुन्छ म भन्दिन तर बंगाल चाहिँ टुक्रिन्छ।’

उनले अझ भने, ‘नरेन्द्र मोदीलाई म याद दिलाउनु चाहान्छु गोर्खाको सपना मेरो सपना भनेको अब त्यो सपना पूरा हुनुपर्छ। शहीदहरुलाई सम्मान गर्नुपर्छ। उनीहरु पानी, खोलानाला र बाटोको निम्ति शहीद बनेको होइन। माटोको निम्ति शहीद बनेका हुन् र अब यो वर्ष अन्तिम शहीद दिवस होला। अर्को वर्ष अब शहीदहरुको मुक्तिको पूजा गर्नुपर्छ। अहिले वीर शहीदहरु यहि वास बसेको छ। अर्को वर्ष वहाँको उन्मुक्तिको पूजा गर्नुपर्छ। किनभने अब शहीदहरुको सपना साकार हुनेछ र साँचो श्रद्धाञ्जली पाउने छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement