बौद्ध गुम्बामा तीनदिने धार्मिक अनुष्ठान जारी

puj.jpg

मङ्पू: मङपू लाब्दा विभागको दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बामा हिजोदेखि तीन दिवसीय बज्र गुरु जप धार्मिक अनुष्ठान सम्पन्न भइरहेको छ। यस तीन दिवसीय धार्मिक अनुष्ठान बौद्ध धर्मगुरु आचर्य साङगे छोपेलको सानिध्यमा एवं गुम्बाका दोर्जे लोबेन उदय पाख्रीन अनि लोबेन पासाङ थोकरको अगुवाईमा सुसम्पन्न भइरहेको छ। प्रत्येक दिन बज्र गुरु जप बिहान ८.३० बजेदेखि बेलुकी ४ बजेसम्म अनि ४ बजेदेखि ६ बजेसम्म धर्मगुरूहरुले प्रवचन सुनाइरहेका छन्। तीन दिवसीय धार्मिक अनुष्ठानमा विशेष गरेर अन्तिम दिन २८ जुलाई गुरु रिम्पोछेको जन्म जयन्ती रहेको छ। यसर्थ लाब्दा दोङाग छ्योलिङ सार्वजनिक बौद्ध गुम्बा अनि अखिल भारतीय बौद्ध म्हाणिपा संघको संयुक्त आयोजनामा सम्पन्न भएको तीन दिवासीय धार्मिक अनुष्ठानको अन्तिम दिन धर्मगुरुहरुबाट अभिषेक (वाङ) वितरण गरिने भएकोले गुम्बाका सचिव दिपेन योञ्जन अनि संयोजक किरण पाख्रीनले सम्पूर्ण भक्तजनलाई हार्दिक निमन्त्रणा गरेका छन्।

About Author

Advertisement