मिरिक फुवागढीमा शहीद दिवस पालन

MI1.jpg

मिरिक: मिरिक फुवागढीमा पनि शहिद दिवस पालन गरियो। मिरिक फुवागढीका सहिद नर्बु यल्मीको वेदीमा श्रद्धा-सुमनको साथ तिनलाई श्रद्धाञ्जलि अर्पण गरियो भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा फुवागढी शाखाको आयोजनामा सम्पन्न सहिद दिवस समारोहको अध्यक्षता राजेश प्रधानले गरेका थिए भने मुख्य अतिथिका रुपमा नवनिर्वाचित ग्राम पञ्चायत समिति सदस्य चेतना तामाङ, ग्राम पञ्चायत सदस्य शर्मिला तामाङ लगायत सहिद नर्बु योल्मोका परिवारका सदस्य सोनाम लामा, तेन्जिङ लामा अनि तिनकी धर्मपत्नी श्रीमती रिना लामा उपस्थित थिए।गङ्गा प्रधानद्वारा सञ्चालित कार्यक्रमलाई सम्बोधन गर्दै सहिद परिवारको पक्षबाट तेन्जिङ लामाले सहिद वेदीको जिर्णोद्धार गर्ने घोषणा गरे। तिनले वेदीको संरक्षण अनि प्रवर्द्धनको निम्ति सम्पूर्ण सहयोगी हातहरूको सहयोगको अपेक्षा गरिने बताए।

तेन्जिङ लामाले सहिद वेदी नजिक सहिद नर्बु योल्मोको अर्थ कदको सालिंग स्थापना गरिने तथा भविष्यमा वेदी नजिक एउटा पार्कको पनि स्थापना गरिने योजना रहेको बताए। मुख्य अतिथि श्रीमती चेतना तामाङले सहिद नर्बु यल्मोको वेदीमा श्रद्धा-सुमनको साथ तिनलाई श्रद्धाञ्जलि अर्पण गर्दै सहिदहरीलाई स्मरण गरिनु नै सहिदको साँचो मूल्याङ्कन रहेको बताइन्। उक्त सहिद दिवस कार्यक्रमलाई शाखा सचिव विशाल मोक्तान, रहिम रामुदामु तथा सहिद परिवारको पक्षमा सोनाम लामा आदिले सम्बोधन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement