सोनादामा गोरामुमोद्वारा शहीद दिवस पालन

IMG-20230727-WA0312.jpg

सोनादा: गोरामुमो खरसाङ ब्राञ्च कमिटी अन्तर्गत सोनादा टुङ समष्टिद्वारा आज सोनादा बजारमा शहीद टाँशी भोटियाको शहीद वेदीमा दिप प्रज्वलन र खदा माला लगाएर गोरामुमोले शहीद दिवस पालन गरेका छन्। एचपीडब्ल्यु केन्द्रीय समिति अध्यक्ष बीके राई खरसाङ ब्राञ्च प्रचार प्रसार सचिव भुपेन्द्र गुरुङ, सोनादा टाउन कमिटी अध्यक्ष रुस्तम छेत्री लगायत गोरानास, गोरायुमो अनि कार्यकर्ताहरुका उपस्थितिमा १९८६ देखि २०१७ सम्म जाति र माटोको उन्मुक्तिको निम्ति शहीद बनेका वीर योद्धाहरुलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। यसै क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै भुपेन गुरुङले भने, गोर्खाल्याण्ड आन्दोलनमा शहीद बनेका वीर योद्धाहरुको सपना केवल गोर्खाल्याण्ड हो 1986 सालको आन्दोलनमा गोर्खाल्याण्ड प्राप्तिको निम्ति गोर्खाहरुले आन्दोलन गरेका थिए। तर सोझै गोर्खाल्याण्ड नहुने बुझेर नै संस्थापक अध्यक्ष सुवास घिसिङले आन्दोलनलाई स्थगित गर्दै दागोपापमा सम्झौता गरेका थिए। त्यो हाम्रो किपट थियो सुवास घिसिङको राजनैतिक दुरदर्शिता अनि कुटनैतिकको कारण गोर्खाल्याण्डसम्म पुग्नको निम्ति बाटो अपनाएर छैटौं अनुसूचीमार्फत् गोर्खाल्याण्डसम्म पुग्ने लक्ष्य र सोचलाई २००७ मा आएर दार्जीलिङमा जन्मेको राजनैतिक दलहरुले गोर्खाहरुको सपना चकनाचुर बनाईदियो र अहिले पनि त्यही दलहरुमा सत्तामा छन्।’
उनले अघि भने, छैटौं अनुसूचीको विरोध गरेर त्योभन्दा ठूलो संवैधानिक व्यवस्था ल्याउनु पर्ने थियो तर ल्याउनु सकेन। १८-२० वर्षको अन्तरालमा हामीले सबै गुमायौं। हाम्रो युवा पीढीहरुको समय नष्ट भयो। तर पनि गोरामुमो अध्यक्ष मन घिसिङ ईमानदारिताको साथ लागि परेका छन्। शहीदले अवश्य न्याय पाउने छ। यसको निम्ति तपाईं हामी एक हुनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement