गान्तोकः सारथी संगठनको पहलमा आज दक्षिण जिल्लाको नाम्चीस्थित भीसीजीएल वरिष्ठ माध्यमिक विद्यालयमा नशालु पदार्थको दुरूपयोग, मानसिक स्वास्थ्य र नैतिक मूल्यबारे एक सचेतना कार्यक्रम आयोजना गरियो। कार्यक्रममा स्रोतवक्ताकोरूपमा मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराज, संस्थाका उपाध्यक्ष बसन कुमार भण्डारी, शिक्षा विभागका संयुक्त निर्देशक सुरज राई लगायत अन्यहरू रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै स्रोतवक्ता रोहितराज महाराजले लागुऔषध दुरुपयोगबाट हुने खतराबारेमा जानकारी गराए। उनले विद्यार्थीहरूलाई विकल्प रोज्नुपर्ने विषयमा प्रोत्साहित गरे। उनले राम्रो स्वास्थ्य र मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नु पर्ने विषयमाथि प्रकाश पार्दै जुन विद्यार्थीहरूले स्वस्थ गतिविधिहरूमा संलग्न भएर र आवश्यक पर्दा सहयोग हासिल गर्न सक्ने बताए। यसबाहेक, उनले विद्यार्थीहरूलाई अर्थपूर्ण जीवन बिताउन र सिक्किममा बस्नको लागि राम्रो ठाउँ बनाउन उत्प्रेरित गरे।
सोही प्रकाले बसन कुमार भण्डारीले सिक्किममा लागुपदार्थ दुरुपयोग उन्मूलनमा केन्द्रित सारथी संस्थाको उद्देश्यबारेमा प्रकाश पारे।