खरसाङदेखि दार्जिलिङसम्म बिहान चल्ने डीएचआरको पुरानो ट्रेन पुन: सञ्चालनमा ल्याउने मांग

IMG-20230727-WA0301.jpg

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको खरसाङदेखि दार्जिलिङसम्मको दुरीमा चल्ने पुरानो बिहानको ट्रेन ९ डी अप र १० डी डाउनलाई पुन: सञ्चालनमा ल्याउनु पर्ने मांग उठेको छ। यो ट्रेन विगत लामो समयदेखि चल्न बन्द भएको थियो। उक्त पुरानो ट्रेनलाई चलाउने मांगमा आज खरसाङ क्षेत्रका रेलवेका अवकाशप्राप्त कर्मचाराहरी एंव खरसाङका वरिष्ठ नागरिकहरू साथै सामी लाखाङ गुम्बाको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको उपस्थितिमा एक सभाको आयोजना गरिएको छ। सभा अघि यो पुरानो ट्रेन पुन: सञ्चालन गर्ने मांगमा सबैले हस्ताक्षर गरेको ज्ञापन पत्र दार्जिलिङ हिमालयन रेलवेको डाईरेक्टर प्रियान्शुलाई दिनु जाँदा उनले नकरात्मक रूपमा यो डीएचआरको मुख्यालयमा दिनु भनी बताएको जानकारी प्राप्त भएको छ। खरसाङदेखि दार्जिलिङसम्म चल्ने पुरानो ट्रेन पुन: सञ्चालनको मांगमा खरसाङमा महत्वपूर्ण सभा बसिएको छ। उक्त सभामा सबैले यो पुरानो ट्रेनलाई पुन: सञ्चालनको मांग गर्दै रेलवेको अधिकारीहरूलाई पत्रचार गरिने र देशको प्रधानमन्त्रीलाई पनि पत्रचार गरिने भएको छ। सभामा उपस्थित दार्जिलिङ हिमालयन रेलवेका पूर्व कर्मचारी सुशील कुमार दीक्षितले खरसाङ र दार्जिलिङबीचको जामका कारण अहिले खरसाङबाट दार्जिलिङ पुग्न करीब तीन-चार घण्टा लाग्ने बताए। त्यसैले बिहान ७ बजे खरसाङदेखि दार्जिलिङसम्म चल्ने रेल पुनः सञ्चालन गर्न माग गर्दैछौँ भनी बताए। उनले भने, ‘हामी दार्जिलिङ हिमालयन रेलवेका पुराना कर्मचारी हौँ। त्यहाँ एकजना ज्येष्ठ नागरिक पनि छन्, तर आज हामीसँग डीएचआरका निर्देशकले गरेको व्यवहार अत्यन्त निन्दनीय छ। निर्देशकले हामीलाई निम्न वर्गीय व्यक्तित्वको रूपमा व्यवहार गरे। त्यसरी नै सामी लखाङ गुम्बा खरसाङका धर्मगुरु पेम्बा रिम्पोर्छेले दार्जीलिङ हिमालयन रेलवेका विभिन्न समस्याका बारेमा केही वरिष्ठ नागरिकको समूहले जानकारी गराएर समस्या समाधानका लागि यस सन्दर्भमा आवाज उठाउन आग्रह गरेकाले म आवाज उठाउन अगाडि आएको बताए। उनले दार्जिलिङ पहाडी क्षेत्रमा ब्रिटिशकालीन जमानाका अधिकांश सम्पदा सरकारले बेचेको बताए। अब सरकारले बाँकी रहेका सम्पदा पनि बेच्न खोजेको आरोप छ। उनले भने, हामी डीएचआरको सम्पदा जोगाउन खोजिरहेका छौं। त्यसैले यस पहाडी क्षेत्रका जनताले भोग्नुपरेको असुविधालाई ध्यानमा राखी फेरि बिहानको रेल सञ्चालन गर्न माग गर्दैछौँ। दार्जिलिङ हिमालयन रेलवेलाई बचाउनु हाम्रो ठूलो दायित्व र कर्तव्य पनि हो।
डीएचआरका निर्देशकले मलाई इन्जिन दिनुहोस्, म रेल चलाउँछु भनी गरेको भनाइको कडा खण्डन गर्दै उनले निर्देशकले यस्तो अभिव्यक्ति दिनु निकै खेदको विषय भएको बताए । हामीलाई ट्रेन दिनुहोस्। हामी तपाईंलाई ड्राइभ गरेर देखाउनेछौं। अन्तमा उनले दार्जिलिङ हिमालयन रेलवेसँग सम्बन्धित विभिन्न माग सहित देशका प्रधानमन्त्री, विभागीय मन्त्रीहरु, रेलका उच्च अधिकारीहरुसँग छिटोभन्दा छिटो छलफल गरी समस्या समाधान गर्नुपर्ने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement