रूम्बुक जीपीयूस्तरीय स्वतन्त्रता जयन्ती पालन गरिने

si-11

गान्तोक: सोरेङ जिल्ला अन्तर्गत रुम्बुक माध्यमिक विद्यालयको खेलमैदानमा जीपीयू स्तरीय ७७औं स्वतन्त्रता दिवस पालन गर्ने भएको छ। आयोजक समितिले जानकारी दिए अनुसार खेलकूद प्रतिभालाई प्रोत्साहन गर्न पुरुषवर्गको निम्ति खुल्ला फुटबल प्रतियोगिता, हाजिरी जवाफ, तर्क प्रतियोगिता र साँस्कृतिक कार्यक्रमको प्रमुख आकर्षण रहने बताएको छ।

७७औं स्वतन्त्रता दिवसमा खुल्ला फुटबल प्रतियोगिता आगामी ६दअगस्तदेखि शुरू हुने भएको छ भने उक्त प्रतियोगितामा कूल १६ वटा दलले अंशग्रहण गर्ने निश्चित भएको छ। खुल्ला फुटबल प्रतियोगिताका विजेता र उपविजेता दललाई क्रमशः २ लाख र १ लाख ५० हजार रुपियाँसहित आकर्षक ट्रफी प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement