कोदो उत्पादनबारे एक दिवसीय कार्यशाला आयोजित

IMG-20230727-WA0330.jpg

गेजिङः गेजिङ जिल्लाका सेल्प हेल्प ग्रुपलाई लिएर कोदो उत्पादनबारे कार्यशाला आयोजना गरियो। गेजिङ जिल्लाको जिल्ला पञ्चायत भवनमा आयोजित यस कार्यक्रममा गेजिङ जिल्लाकी जिल्लापाल हिस्से डी. योङदा, नीति आयोगकी वरिष्ठ परामर्शकर्ता निलम पटेल लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रममा गेजिङ जिल्लाका २० वटा सेल्फ हेल्प ग्रुपका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा स्रोतवक्ताकोरूपमा उद्यामी पूजा शर्मा रहेकी थिइन्।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्लापालले यस कार्यक्रम आयोजना गरिनुको प्रमुख लक्ष्य र उद्देश्य दुईवटा रहेको बताइन्। विशेष गरेर सेल्फ हेल्प ग्रुपका सदस्यहरूलाई कोदो उत्पादनबारेबारे सचेत गराउनको साथै महिला समूहहरूलाई संयुक्त राष्ट्रद्वारा घोषित कोदोको पृष्ठभूमि र व्यावसायिक रूपमा यसको उत्पादन र मूल्यबारे जानकारी गराउनु हो।

यसो गर्नाले, कोदो खाने, स्वास्थ खान र फोहोरमुक्त जीवनशैली रोज्ने विशेष गरी बालबालिका र युवा वयस्कहरूमा सचेतना गराउन सकिने बताइन्। राम्रो स्रोत व्यक्तिहरूबाट तालिम पाएका हुनाले उनीहरूले सकारात्मक आउटसोलहरू लिएर आउनु पर्ने सुझाउ दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement