सोरेङः सोरेङ जिल्लाका लागि पहिलो विशेष जिल्ला स्तरीय समीक्षा समितिको बैठक आज यहाँ जिल्ला प्रशासनिक केन्द्रको कन्ट्रोल रुममा सम्पन्न भयो। उक्त सभाको अध्यक्षथा लोकसभा सांसद इन्द्र हाङ सुब्बाले गरेका थिए भने सभामा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल लगायत अन्य अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो।
बैठकको एजेन्डामाथि समीक्षा गर्दै सांसद सुब्बाले जिल्लाको वित्तीय समावेशीकरणका सम्बन्धमा ब्याङ्किङ अधिकारीहरूसँग जानकारी लिए। उनले क्रेडिट डिपोजिट (सीडी) अनुपात, प्राथमिकता क्षेत्रहरू, कृषि र सम्बद्ध गतिविधिहरू, एमएसएमई, अन्य प्राथमिकता क्षेत्रहरू, सिक्किम ग्रामीण आजीविका अन्तर्गत एसएचजीहरूको बचत र क्रेडिट लिंकेज सम्बन्धी विवरणहरू सहित प्राथमिकताका क्षेत्रहरूमा व्याङ्कहरूको गतिविधि र उपलब्धिहरूको बारेमा प्रश्न गरे।
सांसद सुब्बाले व्याङ्कहरूलाई केही मूल्यवान सुझाउहरू पनि दिए। ग्रामीण केन्द्रित योजनाहरू प्रदान गर्न इमानदारीपूर्व सहभागिताको लागि आग्रह गरे। जिल्ला मुख्यतय कृषि र दुग्धव्यवसायमा निर्भर भएकाले कृषि क्षेत्रमा राम्रो कार्य गर्नका लागि उनले प्रोत्साहन गरे। उनले वित्तीय संस्थाहरूले युवा पुस्तालाई प्रस्ताव र परियोजनाहरू लिएर उद्यमशीलतातर्फ लाग्न प्रोत्साहित गर्ने कुरामा जोड दिए। ब्याङ्कहरूले आर्थिक रूपमा कमजोर वर्गको उत्थानका लागि योजनाहरूमा ध्यान दिन आवश्यक रहेको बताए। यसका साथै उनले पञ्चायत र लाइन विभागहरूसँगको समन्वयमा नियमित अन्तरालमा वित्तीय साक्षरता शिविर सञ्चालन गर्न ब्याङ्कहरूलाई निर्देशन दिए।
-हिस