मणिपुर हिंसा लिएर मोमबत्ती जुलुस

03343064-dc2b-45d7-8c58-49b15f0232bf

कालचिनीः मणिपुर हिंसा लिएर लगातार शान्ति अनि धिक्कार कार्यक्रम चलिरहेकोबीच बिहीबार फेरि कालचिनी खण्डको मेन्दाबारी, चुवापाड़ा लगायत कुमारग्राम खण्डको एनकेएस ग्राम पञ्चायत क्षेत्रमा मोमबत्ती जुलुस निकालियो। बिहीबार यस क्रममा कुमारग्राम खण्डको एनकेएस ग्राम पञ्चायत क्षेत्रमा तृणमूलले मणिपुरमा शान्ति बहाल गर्नु विफल रहेको भाजपा सरकारको धिक्कार जनाउँदै मोमबत्ती जुलुस निकालियो।
उक्त अवसरमा तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा नवनिर्वाचित राज्यसभा सांसद प्रकासचीक बडाईक लगायत आईएनटीटीयूसीका जिल्ला सभापति विनोद मिञ्ज एवम् अन्यान्य नेतृत्वहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement