भाजपाले विधानसभामा ल्यायो स्थगन प्रस्ताव

IMG-20230410-WA0169-11-300x172-15

कोलकाताः पश्चिम बंगाल विधानसभामा भारतीय जनता पार्टी (भाजपा) का विधायकहरूले बिहिवार मुल्तवी प्रस्ताव ल्याएका छन्। खास कुरा के छ भने भाजपा विधायकहरूको तर्फबाट ल्य़ाइएको कुनै प्रस्तावलाई पहिलो पल्ट अध्यक्ष विमान ब्यानर्जीले स्वीकार गरेका छन्।

वस्तुतः भाजपा विधायकहरूले दुई वटा प्रस्ताव ल्याएका थिए। एक महिलाहरूको दुर्दशामाथि चर्चासित सम्बन्धित थियो भने दोस्रो पञ्चायत चुनाउमा भएको हिंसालाई लिएर सदनको कारबाही स्थगित गर्ने सम्बन्धमा थियो। दुवै प्रस्तावमा चर्चाको निम्ति एक घण्टाको समय दिइएको छ। जुन दिन मुख्यमन्त्री ममता ब्यानर्जी सदनमा उपस्थित रहनेछिन्, त्यस दिन यसमा चर्चा गरिनेछ।

सूत्रहरू अनुसार, शुक्रवार अथवा सोमवार यसमा चर्चा हुनसक्छ। भाजपा विधायक दलको एक सूत्र अनुसार, अध्यक्ष विमान ब्यानर्जीले स्थगनको प्रस्ताव स्वीकार गर्नेछन् भनेर हामीलाई पट्टकै आशा थिएन। मुख्यमन्त्रीको उपस्थितिमा स्थगन प्रस्तावमाथि चर्चाको समय नेता प्रतिपक्ष शुभेन्दु अधिकारी र भाजपा विधायक निखिल रन्जन दे तथा दिवाकर घोरामी स्थगन पाठ गर्नेछन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement