रिसड़ामा भाजपा नेताहरूको घर घेर्ने तयारीमा तृणमूल

IMG-20230410-WA0169-11-300x172-15

हुगलीः तृणमूल कांग्रेसका युवराज अभिषेक ब्यानर्जीको आह्वानमा आगामी ०५ अगस्त अर्थात् शनिवार राज्यभरिमा तृणमूल कांग्रेस कार्यकर्ताले भाजपाका साना-ठूला नेताहरूको घरहरूको घेराव गर्नेछन्। यही क्रममा हुगली जिल्लाको रिसड़ा शहरका तृणमूल कांग्रेस कार्यकर्ताहरू पनि क्षेत्रका भाजपा कार्यकर्ताहरूको घरहरूलाई घेर्ने तयारीमा छन्।

रिसड़ा शहर तृणमूल कांग्रेसका अध्य़क्ष मनोज सावले भने, तृणूमल कांग्रेसका कार्यकर्ताहरूले रिसड़ा शहरमा पार्टीका महासचिव अभिषेक ब्यानर्जीको निर्देशको पालन गर्नेछन्। यसलाई लिएर रिसड़ा शहरका तृणमूल कार्यकर्ताहरूको साथ मनोज सावले कुराकानी गरिरहेका छन्। छिट्टै नै यस विषयमा रिसड़ा शहर तृणमूल कांग्रेसले एक औपचारिक बैठक गर्नेछ औं यस बैठकमा आन्दोलनको रूपरेखा तयार पारिनेछ।

उनले भने, रिसड़ा शहरको तृणमूल कांग्रेसले सदैव पार्टी आलाकमानको हरेक निर्देशको पालन गरेको छ। पार्टीको निर्देशमा रिसड़ा शहरका तृणमूल कांग्रेसका कार्यकर्ता हरेक प्रकारको आन्दोलन गर्न सदैव तत्पर रहन्छन्। अभिषेक ब्यानर्जीको निर्देश अनुसार नै ०५ अगस्तमा पार्टीले रिसड़ामा भाजपा नेताहरूको घरहरूको घेराव गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement