आँखाको चिकित्साको निम्ति पत्नीलाई साथमा लिएर विदेश गए अभिषेक ब्यानर्जी

IMG-20230410-WA0169-11-300x172-15

कोलकाताः मुख्यमन्त्री ममता ब्यानर्जीका भतिज एवं तृणमूल कांग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी अमेरिका गएका छन्। उनी आफ्नी पत्नी रूजीरा ब्यानर्जीलाई पनि साथमा लिएर गएका छन्। कलकत्ता हाईकोर्टको अनुमति भएपछि उनी अमेरिका गएका छन्। इमीग्रेशन डिपार्टमेन्टलाई उनले आफ्नो यात्राको पूरा जानकारी दिएका छन्। आगामी ०८ अगस्तमा त्यहाँ डाक्टरको साथ उनको अपोइन्टमेन्ट छ। यही क्रममा उनी २४ दिनसम्म अमेरिकामा बस्नेछऩ्।

उल्लेख्य, कोइला तस्करी मामिलामा उनको नाम आएको कारण उनी जहिले पनि विदेश जान्छन् त्यसअघि केन्द्रिय प्रवर्तन निदेशालयलाई जानकारी दिनुपर्छ। बारम्बार ईडीलाई जानकारी दिइएपनि उनलाई जानदेखि रोक्दै आइएको आरोप छ, जसपछि उनी कोर्टको अनुमतिपछि विदेश जानेगर्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement