ओदलाबारीःओदलाबारी बजार क्षेत्रमा लायन्स क्लब अफ ओदलाबारी आयोजनामा सिलगढी ग्रेटर आई सेन्टरका आँखा विशेषज्ञहरूको सहयोगमा नि:शुल्क आँखा जाँच शिविर आयोजना गरियो। शिविरमा चार सय बिरामीहरू आँखा परीक्षण गरिएको क्लबका अध्यक्ष उदयन सेनले जानकारी दिएका छन्। सिलगढी ग्रेटर आई सेन्टरमा शल्यक्रिया नि:शुल्क हुनेछ। विरामीहरूलाई सवारी साधनबाट आवतजावत गर्ने व्यवस्था पनि क्लबले गरेको छ। उहाँले आगामी ३१ जुलाई ओदलाबारी बजारमा सबैका लागि मेगा फुड कार्यक्रम हुने जानकारी दिए। क्लबका सचिव अनिलकुमार थापाले टोटगाउँ, मङपङ, सुन्दरी बस्ती, मेच बस्ती लगायतका दुर्गम ठाउँमा बसोबास गर्ने सर्वसाधारणलाई राम्रो सेवा दिन सक्दो प्रयास गर्ने बताए। कार्यक्रममा सञ्चालक रीना सिंह, कोषाध्यक्ष डा. मिल्टन नन्दी, क्लबका सदस्य प्रशानजित दे सरकार, झुना बारिक लगायत आदिको उपस्थिति रहेको थियो।