स्थानीय जनताको पहलमा सिलगढीको एक घरबाट ब्राउन सुगर व्यवसायी पक्राउ

9f293bd8-96f8-4ddb-b019-25deb3a1b6a8

सिलगढी: इलाकामा ब्राउन सुगर बेच्न आएका एक व्यक्तिलाई स्थानीयले पक्राउ गरेका छन्। उक्त व्यक्तिसँग अन्य ९ जना भएपनि स्थानीयले समात्ने प्रयास गर्दा १ जना मात्रै स्थानीयले समातेका थिए । स्थानीयले ती व्यक्तिलाई पोलमा बाँधेर कुटपिट गरेका थिए । त्यसपछि भक्तिनगर पुलिस थानामा खबर गरेका थिए । सादा पोसाकमा रहेको भक्तिनगरको पुलिसले घटनास्थलमा पुगेर व्यक्तिलाई पक्राउ गरेको थियो । यस घटनाका कारण सिलगढीको वार्ड नम्बर ४० को दुर्गानगर खिचडी पट्टी क्षेत्रमा सनसनी फैलिएको छ। त्यहाँको एक घरमा लामो समयदेखि अवैध कारोबार भइरहेको स्थानीयवासीले गुनासो गरेका छन् । यो घरमा दैनिक धेरै युवाहरू बाहिरबाट आउने गर्दछन् । उक्त घरमा लागुऔषध बिक्री हुने स्थानीयको गुनासो छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement