एसडीएफ पार्टीको क्षेत्रस्तरीय कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न

गान्तोक। एसडीएफ पार्टीको मुख्यालयमा आज आरिथाङ समष्टिको क्षेत्रस्तरीय कार्यकारिणी समितिको समन्वय सभा सम्पन्न भयो। एसडीएफ पार्टीका वरिष्ठ उपाध्यक्ष ओटी भोटियाको अध्यक्षतामा सम्पन्न भएको सभाले आरिथाङ समष्टिमा पार्टीको कार्यक्रमलाई तृणमूल स्तरसम्म पुर्याउने रणनीतिबारे चर्चा गऱ्यो। सभामा सीएलईसीका सदस्यहरूले धेरै मुद्दाबारे गहन चर्चा परिचर्चा एवं चिन्तन गर्दै सिक्किमको सुरक्षित भविष्य सुनिश्चित गर्न कटिबद्धताका साथ काम गर्ने निर्णय लिए। सभामा एसडीएफ पार्टीको पूर्व जिल्ला उपाध्यक्ष प्रभारी लछुमन भट्टराई, चेली उपाध्यक्ष सकुन गुरुङ, पूर्व पार्षद सन्ध्यारानीलगायत आरिथाङ समष्टिका समिति अध्यक्ष, युवा संयोजक, चेली मोर्चा संयोजिका आदि उपस्थित रहेको जानकारी प्रचार सचिव अस्मिता राईले प्रेस विज्ञप्तिमा दिएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement