नेपालको सर्वोच्च अदालतद्वारा कोशी प्रदेश सरकार गठन असंवैधानिक घोषित

00-1-Nepal-Samachara-1

काठमाडौं: नेपालको सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठनलाई असंवैधानिक ठहर गरेको छ। बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलाशले फैसला सुनाउँदै अर्को सरकार गठन प्रक्रिया अगाडि बढाउन आदेश दिएको हो। अदालतले सरकार गठनमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोगलाई असंवैधानिक भनेको छ। सभामुखले निष्पक्ष भूमिका निभाउनुपर्नेमा सांसदको समेत भूमिका निभाउन नमिल्ने फैसलामा उल्लेख छ। २ अगस्त भित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्ने गरी प्रक्रिया प्रारम्भ गर्न अदालतले आदेश दिएको छ।

नेपालको कोशी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका अलावा सभामुख समेतको समर्थनमा उद्धव थापाले प्रदेश सभामा बहुमत प्रस्तुत गरेका थिए। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले ६ जुलाईमा मुख्यमन्त्री नियुक्त गरेका थिए। कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा मुद्या दायर गरेको थियो। ९३ सदस्यीय कोशी प्रदेश सभामा सभामुख गौतमसहित ४७ सांसद छन्। नेकपा एमाले र राप्रपाको 46 सांसद छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement