विद्या भारती सिक्किमको तत्वावधानमा एनईपी २०२० माथि प्रशिक्षण आरम्भ

IMG_20220703_000239.jpg

गान्तोक: विद्या भारती सिक्किमको तत्वावधानमा १ जुलाईदेखि राष्ट्रिय शिक्षा नीति (एनईपी) २०२० माथि चार दिवसीय प्रान्त स्तरीय प्रशिक्षण आरम्भ भएको छ। आगामी ४ जुलाईसम्म चल्ने यस प्रशिक्षण कार्यक्रमको शुभारम्भ विद्या भारती सिक्किमका अध्यक्ष छुल्टिम भोटियाको बाहुलीद्वारा दीप प्रज्वलन गरेर गरियो। उद्घाटन कार्यक्रममा विद्या भारती सिक्किमका पदाधिकारीहरू पनि उपस्थित थिए।

उक्त प्रशिक्षण कार्यक्रम दक्षिण सिक्किमको मलबासेस्थित सरस्वती विद्या निकेतनमा चलिरहेको छ। यस प्रशिक्षणमा विद्या भारती सिक्किमद्वारा सिक्किम र दार्जीलिङमा सञ्चालित विद्यालयका आचार्य-आचार्याहरूले भाग लिइरहेका छन्। प्रशिक्षणका लागि क्षेत्रीय प्रशिक्षण प्रमुख नरेन्द्र कुमार रावल, खगेशर दास र पुयसकान्ति बोस सिक्किम आएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement