पोखरीबाट एक व्यक्तिको रहस्यमय शव भेटियो

c21e574c-72bd-43f6-9a1a-6927d8d68f7d

मालदा: पोखरीबाट एक व्यक्तिको शव रहस्यमय रुपमा भेटिएपछि सनसनी फैलिएको छ। घटनाको जानकारी पाएलगत्तै गजोल पुलिस घटनास्थलमा पुगेर शव बरामद गरी गजोल ग्रामीण अस्पतालको शवगृहमा पठाएको थियो। मृतकको नाम घनशहर क्षेत्र निवासी ५९ वर्षिय सुकेश मण्डल रहेको बताइएको छ। पुलिसले यस विषयमा अनुसन्धान थालेको छ। घटना गजोल थाना अन्तर्गत माझरा ग्राम पञ्चायतको चन्दहार क्षेत्रको चन्दहार दिघीमा भएको हो। मृतकका आफन्तका अनुसार उक्त व्यक्ति हिजो दिउँसोदेखि बेपत्ता थिए। जताततै खोजे तर भेटिएन। आज बिहानसम्म उक्त क्षेत्रका सर्वसाधारणले पोखरीमा तैरिरहेको अवस्थामा शव देखेका थिए। उनको परिवारलाई खबर गरिएको थियो। स्थानीयले खबर पाएपछि उनका आफन्त घटनास्थल पुगेका थिए। शवलाई पोस्टमार्टमका लागि मालदा मेडिकल कलेज अस्पतालमा पठाइएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement