महाराष्ट्रको चन्द्रपुरमा चट्याङ्गले ६ जनाको मृत्यु, ७ जना घाइते

00-1-Lightning-1

मुम्बई: महाराष्ट्रको चन्द्रपुर जिल्लामा लगातार परिरहेको मुसलधारे पानीले जनजीवन अस्तव्यस्त भएको छ। तीव्र वर्षासितै जिल्लाका विभिन्न ठाउँमा चट्याङ्ग लागेर छःजनाको मृत्यु भएको छ भने सातजना गम्भीर रूपमा घाइते भएका छन्। घाइतेहरूलाई अस्पतालमा उपचार भइरहेको छ। पुलिसअनुसार बितेको २४ घण्टामा चन्द्रपुर जिल्लाका चार क्षेत्रमा भएको बज्रपातले पाँच महिला सहित ६ जनाको मृत्यु भएको छ र सात महिला घाइते भएका छन्। जिल्ला मुख्यालयदेखि लगभग ७५ किलोमीटरको दूरत्वमा अवस्थित सिंदेवाही खण्डको देलान्वादी गाउँमा गए बुधवार धानको खेतमा काम गरिरहेका ४५ र ४७ वर्षीय दुई महिलाहरूको बज्रपातको कारणले घटनास्थलमै मृत्यु भयो। यस घटनामा ३३ वर्षीय एक महिला घाइते भइन् जसलाई तत्काल अस्पतालमा भर्ती गरियो।

यसरी नै ब्रह्मपुरी खण्डको बेतला गाउँमा चट्याङ्गको चपेटमा परेर एक ३५ वर्षीया महिला अनि कोरपना खण्डमा एकजना किसानले ज्यान गुमाए। गोंदपीपरी खण्डमा पनि चट्याङ्गले एक ३५ वर्षीया महिलाको ज्यान लियो। पोभूर्णा खण्डको वेलवा माल गाउँमा खेतमा काम गरिरहेको बेला बज्रपात भएर अर्को एकजना महिलाको मृत्यु भयो र अन्य ६ घाइते भए। जिल्ला अधिकारीको टीमले यी सबै घटनास्थलहरूको जायजा लिरहेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement