गृहमन्त्री शाहले मध्य प्रदेश विधानसभा चुनावको रणनीतिमाथि गरे मन्थन

00-1-Amit-Shah-Home-Minister-5

भोपाल: मध्य प्रदेशको दुई दिवसीय प्रवासमा आएका केन्द्रीय गृहमन्त्री अमित शाह बिहीबार बिहान भोपालबाट नयाँ दिल्लीको लागि प्रस्थान भए। मुख्यमन्त्री शिवराज सिंह चौहानले यहाँ राजकीय विमानतलमा केन्द्रिय गृहमन्त्री शाहलाई विदा दिए। यस अवसरमा गृहमन्त्री डा. नरोत्तम मिश्रा तथा सांसद वीडी शर्मा पनि उपस्थित थिए। गृहमन्त्री गए बुधबार राती आठ बजे विशेष विमानबाट भोपाल आएका थिए। यहाँ उनले राति ८:३० बजेदेखि १२:३० बजेसम्म पार्टी पदाधिकारीहरूसित बैठक गरी मध्य प्रदेशमा हुने विधानसभा चुनावको रणनीतिमाथि मन्थन गरे। भाजपाको प्रदेश कार्यालयमा लगभग चार घण्टासम्म चलेको उक्त बैठकमा अमित शाहले प्रदेश चुनाव प्रभारी भूपेन्द्र यादवको रिपोर्टको आधारमा सबै २३० विधानसभा सीटहरूको राजनीतिक समीकरण बारे जानकारी लिए। साथै गत ११ जुलाईमा सम्पन्न बैठकमा दिइएको टास्कको फिडब्याक पनि लिए।

भाजपा स्रोत मार्फत थाहा लागेअनुसार अमित शाहले प्रदेशका मालवा-निमाड़, ग्वालियर-चम्बल, बुन्देलखण्ड, विन्ध्य, महाकौशल र मध्य क्षेत्रका अलग-अलग नेताहरूसित समीक्षा गरे। उनले ग्वालियर-चम्बलको सन्दर्भमा केन्द्रीय मन्त्री नरेन्द्र सिंह तोमर तथा ज्योतिरादित्य सिन्धियासित अलग्गै बातचित गरे भने मालवा-निमाड़को फिडब्याक पार्टी महासचिव कैलाश विजयवर्गीयबाट लिए। अमित शाहले मध्यप्रदेशको आगामी विधानसभा चुनावलाई लिएर रोडम्याप लगभग तय गरिदिएका छन्। यसैअन्तर्गत पार्टीले प्रदेशका चार क्षेत्रबाट विजय संकल्प यात्रा निकाल्ने निधो गरेको छ। मुख्य यात्रा आगामी सेप्टेम्बर महिनामा उज्जैनबाट निकालिनेछ। तर यसको मिति भने अहिले नै तय भएको छैन। उज्जैन बाहेक ग्वालियर, चित्रकूट र जबलपुरबाट पनि यात्रा निकालिनेछ। यसमा प्रदेशका सबै वरिष्ठ नेताहरू सामेल हुन्छन्। यस अतिरिक्त १६ सदस्यीय चुनाव समिति पनि गठन गरिनेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement