भागोप्रमोद्वारा महानदीमा शहीद दिवस पालन

IMG-20230727-WA0268.jpg

अब पनि शहीद दिवस मनाउन पार्टी पार्टीमा विभक्त भए कसरी उन्नति गर्नु: शेखरचन्द्र प्रधान

खरसाङ: खरसाङको महानदीमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस कार्यक्रम आयोजना गरिएको छ। २५ मई १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा महानदीबाट शहीद भएका सर्जुन प्रधानको नाममा महानदीमा बनाइएको शहीद वेदी अघि शहीद दिवस पालन गरिएको छ। उक्त शहीद दिवस कार्यक्रम हिल तराई डुवर्स प्लान्टेशन लेवर युनियनको केन्द्रीय सल्लाहकार शेखरचन्द्र प्रधानको अध्यक्षता र घुम्ती चियाबारीको ट्रेड युनियनको सह सचिव प्रवीण दर्नालको सञ्चालनमा सम्पन्न भएको छ। कार्यक्रमको शिरूमा महानदी र घुम्ती क्षेत्रका भूतपूर्व सैनिकहरूले श्यामकुमार खवासको अगुवाईमा सलामीसहित मौन धारण गरेर शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टीको सभापति राजीव थापा, पञ्चायत समितिको सदस्याद्वय सरिता मुखिया र अनिरा तामाङ लगायत निर्वाचित पञ्चायत सदस्यहरू, नारी शक्तिको समष्टि सभाति निरा प्रधान लगायत भूतपूर्व सैनिकहरू र वरिष्ठ नागरिकहरू पनि उपस्थित रहेका थिए। यस अवसरमा महानदीको शहीद सर्जुन प्रधानको परिवारका सदस्यहरू कुमार प्रधान र अर्जुन प्रधानलाई सम्मान जनाइएको थियो। उक्त सम्मान शेखरचन्द्र प्रधान र महानदी ग्राम पञ्चायतको पूर्व प्रधान जुध्द शमशेर छेत्रीको बाहुलीबाट प्रधान गरिएको थियो। कार्यक्रममा अतिथिहरूका बाहुलीबाट शहीद सर्जुन प्रधानको शहीद वेदीमा खदार्पण गरी श्रध्दाञ्जली अर्पण गरिएको थियो।

यस शहीद कार्यक्रममा महानदी ग्राम पञ्चायत अन्तर्गत महानदी बजार, तिरसठ लाइन, सिविटार, गिताङ्गे, जंगपाना, घुम्ती कमान आदि क्षेत्र लगायत शिवखोला ग्राम पञ्चायतबाट निर्वाचित पञ्चायत समिति र पञ्चायत सदस्यहरू साथै भूतपूर्व सैनिकहरू र महानदी क्षेत्रका वरिष्ठ नागरिकहरू पनि उपस्थित रहेका थिए। कार्यक्रमको सभाध्यक्ष शेखरचन्द्र प्रधानले शहीद दिवस पालन गरिनुको मुख्य उद्देश्य विषयमा आफ्नो सम्भाषणमा बताएका थिए। उनले शहीद दिवस पार्टी पार्टीले नगरेर सबैले मिलेर एकसाथ गर्नु पर्ने बताउँदै अब पनि हामी शहीद दिवस मनाउनलाई पार्टी पार्टीमा विभक्त भए कसरी उन्नति गर्नु भनी प्रश्न गरेका छन्। महानदीमा सम्पन्न शहीद दिवस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै प्रवीण दर्नालले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement