मुख्यमन्त्री प्रेमसिंह तामाङ राज्यबाहिरका पुँजीपतिहरूका सेवामा समर्पित रहेको आरोप

सिक्किम: मुख्यमन्त्री प्रेमसिंह तामाङ राज्यबाहिरका पुँजीपतिहरूका सेवामा समर्पित रहेको आरोप विपक्षी एसडीएफ पार्टीले लगाउॅंदै मुख्यमन्त्रीको सत्ता अहमले सिमाना नाघिसकेको बताएको छ। हिजो मनन् केन्द्रमा आयोजित ग्वाला दिवस कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले ‘सरकार चलाउन गुरू चाहिँदैन र कसैले पनि सरकार चलाउन नसिकाउनू’ भनेकोमा प्रतिक्रिया जनाउॅंदै एसडीएफले उक्त कुरा भनेको हो। एसडीएफ प्रचार प्रसार उपाध्यक्ष अम्बर राईले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘मुख्यमन्त्री श्री गोलेले आफूलाई राजैसमान ठानेर ‘सरकार चलाउन गुरू चाहिँदैन र कसैले पनि सरकार चलाउन नसिकाउनू’ भनेका छन्। उनले ‘यदि कसैले सरकार चलाउन सिकाउन चाहन्छन् भने २०२४ मा आफै सरकार बनाउनू’ भनेका छन्। उक्त भनाइमा मुख्यमन्त्रीले आफैलाई सर्वज्ञ र सर्वशक्तिमान हुँ भनी जनघोषणा गरेका छन्। सरकारलाई मतदाताहरूले सुझाउ राख्नु पाउँदैन भन्ने मुख्यमन्त्रीको आशय उक्त बयानमा स्पष्ट भएको छ। के मतदाताले मुख्यमन्त्रीलाई आफ्नो सुझाउ राख्ने कुनै अधिकार छैन? जनताराज यस्तै हुन्छ?’, उनले प्रश्न गरेका छन्।
मुख्यमन्त्रीको सो बयानलाई एसडीएफ पार्टीले गम्भीर रूपमा लिएको उनले बताएका छन्। उनले अझ भनेका छन्, ‘एसडीएफ पार्टी उनको सो चुनौतीलाई सहर्ष स्वीकार गर्दछ। जनताराजमा जनतै राजा हुन्। सरकारलाई जनताले आफ्ना आदेश जारी गर्छन्। सरकारले जनताका ती आदेशलाई पालना गर्नुपर्छ। तर गोले सरकारले जनताका कुनै आदेश, अनुनय विनयलाई पनि मानेको छैन। उनले २०२४ मा चुनाउ जितेर आफै सरकार चलाउनू भनेर घुर्की र धम्की कसैलाई नदिए पनि हुन्छ।’
उनले एसडीएफ पार्टी जनताका हर मोर्चामा सधैं साथ रहेको दाबी गर्दै मुख्यमन्त्री गोलेले जनतालाई कमजोर नठानून् भनी बताएका छन्। उनले भनेका छन्, ‘२०२४ मा जनताले आफ्नो सरकार आफै बनाउने छन्। आफ्ना आदेश पालना गर्ने सरकार आफै गठन गर्ने छन्। कुनै मुख्यमन्त्रीले पनि जनतालाई आफ्नो सरकार बनाउने काम नसिकाउँदा हुन्छ। मुख्यमन्त्री श्री गोलेले जनतालाई हुकुम होइन सेवा जारी गरून्। प्रजातन्त्रमा जनताको शक्तिभन्दा अर्को कुनै ठूलो शक्ति छैन भन्ने सत्यलाई उनले स्वीकार गरून्।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *