जम्मू: जम्मूको भगवती नगरस्थित आधार शिविरबाट बिहीवार बिहान कड़ा सुरक्षा व्यवस्थाबीच श्रद्धालुहरूको २५औं समूहलाई अमरनाथ यात्राको लागि प्रस्थान गराइयो। यस समूहमा ३०६१ श्रद्धालुहरू सामेल छन्। जम्मूको भगवती नगरस्थित आधार शिविरबाट ३०६१ श्रद्धालुहरू बिहीबार बिहान जम्मूको यात्री निवास भगवती नगरदेखि पहलगाम र बालटालको लागि प्रस्थान भए। पहलगाम मार्ग भएर अमरनाथ गुफा तर्फ हिँड़ेका २१५४ श्रद्धालुहरूको समूहमा १६८६ पुरुष, ४२४ महिला, ६ बालबालिका र ४७ साधु सामेल छन्। बालटाल मार्ग भएर गुफा तर्फ बढ़ेका ९०७ श्रद्धालुहरूको समूहमा ६१६ पुरुष, ३३६ महिला र ५ बालबालिका सामेल छन्। उल्लेखनीय छ, अमरनाथको पवित्र गुफा ३,८८८ मीटर उच्चतामा अवस्थित छ। ६२ दिवसीय वार्षिक तीर्थयात्रा गत १ जुलाईदेखि अनन्तनाग जिल्लाको पहलगाम र गांदरबल जिल्लाको बालटालबाट शुरू भएको थियो भने यसको समापन आगामी ३१ अगस्तमा हुनेछ। -हिस