मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा प्रधानमन्त्री मोदीको आलोचना

CM-Mamta-Banerjee-4-3

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार विपक्षी गठबन्धन इण्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ एलायन्स (इण्डिया)मा प्रधानमन्त्री नरेन्द्र मोदीको हमलालाई लिएर आलोचना गरिन्l उनको टिप्पणीले उनलाई ‘इण्डिया’ शब्द कत्तिको मनपर्छ भन्ने प्रमाणित गरेको बताइन्। पश्चिम बंगालका राज्यपाल सीभी आनन्द बोससँगको संक्षिप्त भेटपछि राजभवनबाट बाहिर निस्कँदा ममता ब्यानर्जीले सञ्चारकर्मीहरूलाई सम्बोधन गरिरहेकी थिइन्। संसदको चलिरहेको मनसुन अधिवेशनको बारेमा बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीलाई ‘इण्डिया’ नाम मन परेकोले म धन्यवाद दिन चाहन्छु, उनले देशका आम नागरिकले जस्तै स्वीकार गरेको देखिन्छl’

पश्चिम बंगालका मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, ‘यो नामको बारेमा प्रधानमन्त्री मोदी जति धेरै कुरा गर्छन्, उनको नामको छनौट त्यति नै स्पष्ट हुनेछl’ प्रधानमन्त्रीको भनाइलाई उद्धृत गर्दै उनले प्रश्न गरिन् कि जब भारतीय टोली खेल्न जान्छ, के कसैले यसलाई इण्डियन मुजाहिदीन भन्छ? उनले भनिन्, ‘यो टीम इण्डिया हो। देशको नाम भारत हो। भारत हाम्रो मातृभूमि हो। म फेरि भन्छु कि यो नाममा जति झूट फैलाइन्छ, उति नै उनीहरूको नाम छनोट स्पष्ट हुँदै जान्छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement