बंगाल सरकारले चॉंड़ै भारतीय प्रजातिका पक्षीहरूको पालनमा प्रतिबन्ध लगाउने

IMG-20230410-WA0169-11-300x172-13

कोलकाताः पश्चिम बंगाल सरकारले चॉंडै भारतीय प्रजातिका पक्षीहरूको पालन पूर्णरूपमा प्रतिबन्ध लगाउने छ। राज्यको वन मन्त्री ज्योतिप्रिय मल्लिकले प्रतिबन्ध अगस्त महिनादेखि लगाउने बताएका छन्। बिहिवार उनले भने, यो कानूनले सबै प्रकारका भारतीय प्रजातिका पक्षीहरूलाई पालतू रूपमा राख्न पूर्ण प्रतिबन्ध लगाउने छ। यसको उल्लंघन दण्डनीय अपराध मानिने छ र सक्षम अधिकारीहरूद्वारा कारबाही गरिने छ।

उनले विदेशी प्रजातिका पक्षीहरूलाई पालतू बनाउने मामिलामा केही छुट दिइने बताए। उनले भने, विदेशी पक्षीहरूको पालनमा पनि धेरै प्रतिबन्ध लगाइने छ। विदेशी प्रजातिका पक्षीहरूलाई केवल प्रजननको उद्देश्यले पालतू राख्न सकिने छ। मालिकहरूले यसको निम्ति लाइसेन्स प्राप्त गर्नु पर्नेछ। यो लाइसेन्स 15 हजार रूपियॉंको पञ्जीकरण शुल्कको भुकतानमा दिइने छ।

मालिकहरूले पक्षी सार्वजनिक रूपमा प्रदर्शित गर्न पाउने छैनन् र खुल्ला बजारमा बिक्री पनि गर्न पाउने छैनन्। जसले घरमा भारतीय प्रजातिका पक्षीहरू राखेका छन् उनीहरू विरूद्ध कानूनी कारबाही गर्न अघि वन विभागले गहन अभियान चलाएर जागरूकत गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement