कोलकाताः प्राथमिक विद्यालयमा नोकरी दिलाउने नाममा ठगी गरेको आरोपमा बुधवार सॉंझ कोलकाता पुलिसको स्पेशियल सेलका अधिकारीहरूले एक प्रधानाध्यापकलाई पक्राउ गरेको छ। सूत्रहरू अनुसार, पक्रा पर्ने प्रधानाध्यापकको नाम बिमल कुमार दलुई हो। उनी मेदिनीपुर टाउनको चन्द्रा हाई स्कूलमा कार्यरत छन्। उनीमाथि सहायक शिक्षकको नोकरी दिलाउने नाममा साढ़े तीन लाख रूपियॉं खाएको आरोप छ। दिब्येन्दु सेठ नामक एक व्यक्तिको शिकायतपछि पुलिसले जॉंच शुरू गरेर बुधवार विशेष अभियान चलाउॅंदै प्रधानाध्यापकलाई पक्राउ गरेको हो।
दिब्येन्दुले आरोप लगाउॅंदै बताए अनुसार, बिमल दलुईले नोकरी दिलाउने नाममा उनीबाट साढ़े तीन लाख रूपियॉं लिए। उनलाई जाली दस्तावेज पनि दिएका छन्। तर, नोकरी दिलाएका छैनन्। अर्कोतिर, उनको पैसा पनि फर्काएका छैनन्।
यस घटनालाई लिएर कोलकाताको शेक्सपियर सरणी थानामा शिकायत दर्ता भएको छ। यसपछि पुलिसको स्पेशियल सेलका अधिकारीहरूले मामिलाको जॉंच शुरू गरे अनि प्रधानाध्यापकलाई पक्राउ गरे।
-हिस