गान्तोकः सिक्किम राज्यमा लम्पी रोगको तीब्र रूपमा नियन्त्रण गर्ने प्रयासका क्रममा पशुपालन विभागले मोबाइल भेटरनरी क्लिनिक पनि शुरु गरेको जानकारी दिएको छ। लम्पी रोगको प्रभाव बढ्दै गएका गाउँमा पुगेर मोबाइल भेटरनरी क्लिक मार्फत पनि सुविधा उपलब्ध गराइने र हेल्पलाई नम्बर १९६२ मा कल गरेर मोबाइल भेटरनरी क्लिनिकको सुविधा लिनसक्ने विभागले बताएको छ।
यो सेवा सुदुर गाउॅंका लागि अधिक प्रयोगमा आउने र विभागीय कर्मचारीले लम्पी रोकथामका पहल मध्ये मोबाइल भेटरनरी क्लिनकबाट मानिसहरूलाई सहज सुविधा उपलब्ध गराएको दाबी गरिएको छ। लम्पी रोगको उपचारका लागि पशुपाल विभागका कर्मचारी सक्रिय रूपमा खटिरहेका विभागको भनाइ रहेको छ भने समयमा पशु चिकित्या सेवा प्राप्त गरेका किसानहरूले विभागप्रति आभार व्यक्त गरेका छन्।