२७ जुलाईः भारतका अग्रणी पेस बलर बनेर अघि आउने मोहम्मद सिराजले आफ्नो टेस्ट करियरको सर्वश्रेष्ठ रेटिंग हासिल गरेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-द्वारा जारी नवीनतम ऱ्यांकिंग अनुसार, सिराजले ५६३ रेटिंग पोइण्ट्सको साथ टेस्ट बलरहरूका सूचीमा ३३औं स्थान हासिल गरेका छन्। सिराजले वेष्ट इण्डिज विरुद्ध दोस्रो टेस्ट म्याचको पहिलो ईनिंग्समा ५ विकेट लिएर यस रेटिंगलाई हासिल गरेका छन्। यस प्रदर्शनको निम्ति उनलाई प्लेयर अव् द म्याच पनि चयन गरिएको थियो।
यसबीच गत हप्ता टेस्ट ऱ्यांकिंगको शीर्ष १००-मा पुग्ने भारतका प्रतिभाशाली ब्याटर यशस्वी जयसवालले फेरि एकपल्ट ठूलो जम्प लगाएका छन्। दोस्रो टेस्टमा ५७ र ३८ रनको ईनिंग्स खेल्ने जयसवाल ४६६ रेटिंग पोइण्ट्सको साथ ११ स्थान अघि बढ़ेर ब्याटरहरूका सूचीमा ६३औं स्थानमा पुगेका छन्। नवौं स्थानमा रहने भारतीय कप्तान रोहित शर्मा ७५९ रेटिंग पोइण्ट्सको साथ भारतका शीर्ष टेस्ट ब्याटर बनेका छन्। त्यसपछि रिषभ पन्त १२औं र विराट कोहली १४औं स्थानमा रहेका छन्। अनुभवी भारतीय स्पिनर रविचन्द्रन अश्विनले ८७९ पोइण्ट्सको साथ बलरहरूका सूचीमा शीर्ष स्थान कायम राखेका छन् जबकि रविन्द्र जडेजा यस सूचीमा छैटौं स्थानमा छन्। टेस्ट अलराउण्डरहरूका सूचीमा जडेजा पहिलो अनि अश्विन दोस्रो स्थानमा छन्।