कालेबुङमा इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्ट २ अगस्तदेखि

IMG-20230727-WA0166.jpg

२७ जुलाईः कालेबुङ स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आउँदो २ अगस्तदेखि प्रतिष्ठित इण्डिपेण्डेन्स शील्ड फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। आयोजकहरूले टुर्नामेण्टको शेड्यूल जारी गरेका छन्। टुर्नामेण्टमा जम्मा १८ वटा टीमले हिस्सा लिनेछ। पहिलो दिन दुईवटा म्याच खेलिनेछ। पहिलो म्याच हिमालश्री एथलेटिक क्लब र ब्राइट स्पोर्टिंग क्लबबीच खेलिनेछ। यसरी दोस्रो म्याच कालेबुङ पुलिस र दलसिंगपाड़ा स्पोर्ट्स एकाडमीबीच हुनेछ। दुईवटा सेमिफाइनल क्रमशः १२ र १३ अगस्तमा हुनेछ। फाइनल १५ अगस्तमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। सबै म्याचहरू स्थानीय मेला ग्राउण्डमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement