खेल मन्त्रालयको अनुमतिपछि भारतको पुरुष र महिला फूटबल टीमले एशियन गेम्समा भाग लिने

IMG-20230727-WA0164.jpg

२७ जुलाईः आउँदो एशियन गेम्समा भारतको पुरुष र महिला दुवै फूटबल टीमले हिस्सा लिनेछ। केन्द्रीय खेल मन्त्री अनुराग ठाकुरले ट्वीट गरेर यस्तो जानकारी दिएका छन्। खेल मन्त्रीले बताएअनुसार, भारतीय फूटबल टीमको गत केही समयदेखि जारी प्रदर्शनलाई ध्यानमा राखेर खेल मन्त्रालयले आफ्नो नियमहरूमा छूट दिँदै दुवै टीमलाई एशियन गेम्समा भाग लिने अनुमति दियो। भारतीय पुरुष फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकलाई पत्र लेखेपछि खेल मन्त्रालयले भारतीय फूटबल टीमलाई एशियन गेम्समा भाग लिने अनुमति दियो। खेल मन्त्रालयको नियमअनुसार, भारतको पुरुष र महिला टीमले एशियन गेम्समा हिस्सा लिन सक्ने थिएन कारण दुवै टीम एशियन फूटबल टीमहरूको फिफा ऱ्यांकिंगमा शीर्ष आठमा सामेल छैन तर गत केही समयदेखि जारी प्रदर्शनलाई ध्यानमा राखेर दुवै टीमलाई छूट दिइएको छ।
अनुराग ठाकुरले आफ्नो ट्वीटमा लेखेका छन्, भारतीय फूटबलप्रेमीहरूका निम्ति खुशीको खबर। हाम्रो राष्ट्रिय फूटबल टीमहरू (पुरुष र महिला) आउँदो एशियन गेम्समा भाग लिन तयार छ। भारत सरकारको युवा अनि खएल मन्त्रालयले दुवै टीमको भागीदारीलाई सुविधाजनक बनाउन नियमहरूमा छूट दिने निर्णय लिएको छ, जुन वर्तमान मानदण्ड अनुसार एशियन गेम्समा भाग लिनको निम्ति योग्य थिएन। हालका समयहरूमा टोलीको असल प्रदर्शनलाई ध्यानमा राखेर मन्त्रालयलाई नियमहरूमा छूट दिने फसेला गरेको छ। दुवै टीमले एशियन गेम्समा असल प्रदर्शन गर्ने अनि हाम्रो देशलाई गौरवान्वित गर्ने मलाई विश्वास छ।
खेल मन्त्रालयको नियम अनुसार हरेक टीम इभेण्टमा भारतको त्यही टीमले भाग लिन सक्छ, जो त्यस प्रतियोगितामा सामेल हुने टीमहरूको अन्तर्राष्ट्रिय ऱ्यांकिंगमा शीर्ष आठमा सामेल हुनेछ। एशियन गेम्समा हिस्सा लिने अन्य आठवटा टीमको ऱ्यांकिंग भारतभन्दा असल रहे भारतले त्यस प्रतियोगितामा आफ्नो टीम पठाउँदैन। फूटबलको मामिलामा पनि त्यही नियम लागू हुन्छ। भारतको पुरुष र महिला दुवै टीमभन्दा असल ऱ्यांकिंग भएको टीमहरूले अगावै प्रतियोगितामा भाग लिइरहेको छ। यसैकारण पहिला भारतीय टीमलाई प्रतियोगितामा भाग लिने अनुमति दिइएको थिएन तर प्रशिक्षक स्टीमाकको मागमा नियमहरूमा छूट दिइएको छ। स्टीमाकले आफ्नो ट्वीटमा लेखेको थिए, माननीय प्रधानमन्त्रीसँग एउटा विनम्र अपील अनि ईमानदार अनुरोध। नरेन्द्र मोदी ज्यू अनि माननीय खेल मन्त्री अनुराग ठाकुर ज्यू। कृपया हाम्रो फूटबल टीमलाई एशियन गेम्समा भाग लिनु अनुमति दिनुहोस्।
हामी आफ्नो राष्ट्रको गौरव अनि तिरंगाको सम्मानको निम्ति लड़ाइँ गर्नेछौं। जय हिन्द।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement