ग्राहकहरूलाई सुविधा प्रदान गर्न रेनो इण्डियाको ‘रेनो एक्सपेरियन्स डेज’

IMG-20230727-WA0156.jpg

२७ जुलाईः रेनो इण्डिया (Renault India)-ले बिक्री र सेवाको लागि एउटा अनौठो पहल शुरु गरेको छ जसमा यसले आफ्नो शोरुम अनि सर्विस सुविधाहरूको मोबाइल विस्तार र सेवा सुविधा ग्राहकहरूको घरदैलोसम्म पुर्‍याउनेछ। ‘रेनो एक्सपेरियन्स डेज’ अभियानको एक भागको रूपमा, युरोपेली ब्राण्डले ‘शोरूम अन ह्वील्स’ र ‘वर्कसप अन ह्वील्स’ नामक दुई पहलहरू लञ्च गरिरहेको छ। कम्पनीको यो राष्ट्रव्यापी अभियानले २६ राज्य र तीन केन्द्र शासित प्रदेशहरूमा ६२५ स्थानहरू कभर गर्नेछ।
वाहन उद्योगमा पहिलोपल्ट यस्तो पहल भएको हो। ‘शोरुम अन ह्वील्स’ ले कार किन्ने शोरुमको अनुभव सिधै ग्राहकको घरदैलोमा पुऱ्याउनेछ। यसले तिनीहरूलाई ब्राण्डको लाइन-अपमा आफ्नै सुविधामा नवीनतम सवारी साधनहरू पत्ता लगाउन र अनुभव गर्ने अवसर दिनेछ। यसरी सेल्स कर्मीहरूले उनीहरूलाई मार्गदर्शन र सहायता गर्नेछन्। उनीहरूले अन-स्पट टेस्ट ड्राइभ, बुकिंग र कार फाइनान्स विकल्पहरू पनि प्राप्त गर्न सक्छन्।
मोबाइल शोरुममा ब्राण्डका कार मोडलहरूको अन्तरक्रियात्मक प्रदर्शन हुनेछ। यसले ग्राहकहरूलाई नवीनतम आविष्कारहरू, सुरक्षा सुविधाहरू र नयाँ-युग प्रविधिहरूका लागि उजागर गर्दै इमर्सिभ अनुभव प्रदान गर्नेछ। यसको साथमाहरूले आफ्नो मनपर्ने मोडेल टेस्ट ड्राइभ गर्न सक्नेछन्।
‘वर्कशप अन ह्वील्स’ पहलको लक्ष्य कारको स्वामित्व (ओनरशीप) अनुभवलाई सजिलो बनाउने रहेको छ। यसले रेनो गाड़ीको मेण्टेनेन्स र सर्भिसिंग ग्राहकहरूको घरदैलोमा पुर्‍याउनेछ। मोबाइल वर्कशप अत्याधुनिक उपकरणहरूले सुसज्जित र दक्ष प्राविधिकहरूद्वारा सञ्चालन गरिनेछ। यस पहलले देशभरी पहिलादेखि नै अवस्थित ५३० रेनो टचपोइण्टहरूलाई अझ बलियो बनाउनेछ। रेनो इण्डियाका उपाध्यक्ष (सेल्स मार्केटिङ) सुधीर मल्होत्राले भने, “हाम्रो लक्ष्य बाधाहरू तोड्ने र देशको हरेक कुनामा रहेका ग्राहकहरूसम्म पुग्ने रहेको छ, जसले गर्दा भारतका मानिसहरूसँग हाम्रो सम्पर्क अझ बलियो हुनेछ।”
रेनोले हाल भारतमा ट्राइबर, काइगर र क्विड गरी तीन मोडलहरू उपलब्ध गराएको छ। कम्पनीले सन् २०२५ सम्ममा यहाँ तीनवटा नयाँ मोडल ल्याउने योजना बनाएको छ। जसमा दुईवटा आन्तरिक कम्बशन मोडल र एउटा इलेक्ट्रिक वाहन सामेल छ। तीनवटा नयाँ मोडल आएपछि आगामी तीन वर्षमा यसको पोर्टफोलियो ६ मोडलसम्म पुग्नेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *